-सांकेतिक तस्विर

प्रदेश ३ सरकारले २२ वटा पदक बाँड्ने 

Hollywood Khabar May 17,2019 Comments

४ जेठ, हेटौंडा ।प्रदेश ३ सरकारले २२ वटा पदक बाँड्ने भएको छ।सरकारले बिभिन्न व्यक्तिहरुलाई २२ वटा पदक तथा विभूषणले सम्मान गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री शालिकराम जमकट्टेलले बताए। प्रदेश सभा दर्ता गराइएको ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ११ विधामा २२ वटा पदक तथा सम्मान प्रदान गर्ने उल्लेख छ ।

विधेयक पास भएपछि पदक वितरणको बाटो खुल्ने छ ।मन्त्री जमकट्टेलका अनुसार विधेयकमा शान्ति तथा सुरक्षा अन्तर्गत प्रदेश रक्षक, शान्तिमाला र शान्तिदीप, शिक्षातर्फ प्रदेश दीप, स्वास्थ्यतर्फ मुत्युञ्जय र खेलकुदतर्फ प्रदेश सान, कृषितर्फ कृषि किरण र सहकारीतर्फ सहकारी प्रवर्द्धन, उद्योगतर्फ उद्यमशिलता, पर्यटनतर्फ प्रदेशद्रष्टा र वातावरणतर्फ वातावरण संरक्षण पदक प्रदान गर्ने उल्लेख छ ।

त्यस्तै, पूर्वाधार विकास अन्तर्गत विकास सेवी, सूचना तथा सञ्चार विधाअन्तर्गत प्रदेशदूत, विज्ञानतर्फ अन्वेषण, प्रविधितर्फ नव प्रवर्तन, भाषातर्फ सुभाषिक, कलातर्फ कलाकीर्ति, संस्कृतितर्फ संस्कृतिदीप र साहित्यतर्फ प्रदेश श्रष्टा पदक पनि वितरण गरिने छ ।यसैगरी प्रदेश सार्वजनिक प्रशासन तथा सुशासन अन्तर्गत जनसेवा, विपद व्यवस्थापन अन्तर्गत विपदसेवी र समाजसेवा लोककल्याण अन्तर्गत प्रदेश परोपकार पदक दिइने विधेयकमा उल्लेख छ ।विभूषण तथा पदक सिफारिस गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री अध्यक्षको नेतृत्वमा समिति गठन गरिने छ ।समितिले सिफारिस गरेको व्यक्तिलाई प्रदेश सरकार स्थापना भएको दिन माघ २९ गते पदकसहित सम्मान प्रदान गरिने जनाएको छ ।