-प्रदेश १

प्रदेश १ मा शहरी करिडोरको डीपीआर बनाउन एडीबीसँग सहमति

Hollywood Khabar May 17,2019 Comments

५ जेठ, विराटनगर ।प्रदेश १ सरकारले  शहरी करिडोरको डीपीआर बनाउन एडीबीसँग सहमति गरेको छ।संघीय सरकारअन्तर्गत शहरी विकास मन्त्रालय, प्रदेश १ सरकार र मुख्य लगानीकर्ता एसियाली विकास बैंकबीच योजना निर्माणको प्रारम्भिक कामलाई अघि बढाउन डीपीआर तयार गर्ने सहमति भएको हो ।प्रदेश सरकारले प्रस्ताव गरेको शहरी करिडोर निर्माणको योजनाको काम अघि बढाउन एसियाली विकास बैंकले योजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पार्न सहमति भएको प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले जानकारी दिए ।

संघिय शहरी विकास मन्त्रालयका मन्त्री मोहम्मद इश्तियाक राईको संयोजकत्वमा गठित उच्च स्तरीय समिति र एसियाली विकास बैंकका प्रतिनिधिबीच काठमाडौंमा भएको छलफलमा योजनाको डीपीआर तयार गरी काम अघि बढाउने सहमति भएको हो ।प्रदेश सरकारको प्रस्ताव अनुसार एसियाली विकास बैंकले डीपीआर तयार गर्ने सहमति गरेको हो।शहरी करिडोर निर्माणको विस्तृत आयोजना प्रतिवेदनअन्तर्गत सर्वेक्षण गर्ने, लगत संकलन गर्ने, आवासीय क्षेत्रमा पर्ने घरको लगत राख्नेलगायतका कार्य अगाडि बढाइनेछ

त्यसैगरी, वातावरणीय प्रभाव मूल्यांकन (इआईए) सँगै विस्तृत इञ्जिनियरिङ, सर्वेक्षण तथा नमूनाका कार्य अगाडि बढाइनेछ ।वातावरणीय प्रभाव मूल्यांकनअन्तर्गत सामाजिक तथा आर्थिक क्षेत्र, भौतिक तथा सांस्कृतिक क्षेत्र, र साइन क्षेत्र र जैवीक क्षेत्रबारे मूल्यांकन गरिन्छ ।प्रदेश सरकारको योजना अनुसार विराटनगरको रानीदेखि धरान र काँकडभिट्टादेखि भेन्टाबारीसम्म शहरी करिडोरले जोडने प्रदेश सरकारको योजना छ ।