-प्रचण्ड,

प्रचण्ड स्टेट डिपार्टमेन्टसँगको बैठक पछि मंगलबार नेपाल फर्कंदै

Hollywood Khabar March 22,2019 Comments

कृष्ण के सी/अमेरिका/३/२३/१९

नेपाल कम्यूनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आफ्नी श्रीमती सिता दाहालको उपचारको लागि अमेरिका आएका छन्। उनको भ्रमणलाइ नेपाल र विश्वका थुप्रै नेपाली संचार माध्येमहरुले बिभिन्न रुपमा समाचार संप्रेषण गरका छन्।

अमेरिकाको एउटा श्रोतले भन्यो-प्रचण्डलाइ अमेरिकामा जोगाउन नै धौधौ भयो। महामहिम राजदूत डा अर्जुन कार्की र महावाणिज्यदूत प्रेम राजा महतले कालो शिशा भएको गाडीमा आउजाउ गराउँछन। पूर्व एमाले देखि सर्वसाधारण र माओवादी पिडित सम्म अमेरिकामा रहेका सबै खाले नेपालीहरुले बिभिन्न निकायमा प्रचण्डको बिरुद्धमा दर्जनौ उजुरी हालेका छन्।

अर्को श्रोतले प्रचण्डको हवाला दिंदै भन्छ - यो उजुरीको कुरा ऐले उठानु सान्दर्भिक छैन भनेका छन्। जसले उठाए ति नेपालका लागि होइनन। त्यो कुरा त शान्तिवार्तासँगै समाप्त भयो। अब नेपाल बनाउने काम मात्र बाँकी छ, अरु कुरा गौण हुन्। जे सुकै भएता पनि अब नेपालमा युद्ध हुनुहुँदैन जे भयो त्यो गल्ति थियो भन्छन रे प्रचण्ड, श्रोतले भन्यो। तर पनि प्रचण्डले युद्ध गर्नु गल्ति थियो भने भनेर विश्वास गर्ने कुनै आधार भने छैन। उनले यो कुरा पब्लिकमा भनेका छैनन्। अझै पनि महान जनयुद्ध भनेकै छन, गल्ति भयो भनेर माफी मागेका छैनन।

तर जे सुकै भएता पनि प्रचण्डले निश्चित व्यक्तिहरुसंग भेटघाट भने गरेका छन्। उल्लेख्य रुपमा नभएता पनि भेटघाट भने भएको छ। उसो त क्यालिफोर्नियाको साउदर्न सिटी हलिउड, डिज्नील्याण्ड शहरहरुको सयर गराउने प्लान पनि थाहा नभएको होइन। तर पनि भेट्नेहरुले भने- प्रचण्ड आफ्नो छोरी र छोरा बितेको घटना, श्रीमतीको स्वास्थ्य खराब भएको कारणले भने अत्यन्तै फ्रश्टेशनमा रहेका छन्।

यसै प्रसङ्मा प्रचण्डको यहि सोमबार अर्थात मार्च २५, २०१९ मा अमेरिकाको स्टेट डिपार्टमेण्टसंग गोप्य बैठक छ। त्यो बैठक पश्चात उनि मंगलबार नेपाल फर्कनेछन। स्टेट डिपार्टमेण्टसँग के कुरा हुने हो त्यो भने बाहिर आएको छैन। तर पनि भेनेजुयलाप्रति प्रचण्डले दिएको अभिव्यक्ति, एक चीन भन्ने चीनको कुरा र स्वतन्त्र तिब्बत, उत्तर कोरियाको नाकाबन्धि जस्ता बिषयमा भने पक्कै छलफल हुनेछ। यसपछि पनि उनका छोरी र ज्वाई भने सीता दाहालको स्वास्थ्य उपचारको लागि अमेरिका नै बस्नेछन।

बिषयको गहिराइ:

हत्याको अर्को परिभाषा पनि हत्या नै हो। पाप गरे सच्च्याउने ठाउँ हुन्छ तर अपराध र हत्याको कुनै सच्च्याउने ठाउँ न धर्मले दिएको छ न त कानुनले नै।

दुनियाँ भरका सबै कानुनले हत्यालाइ दण्डनिय भनेका छन्। हत्यारा र त्यसमा संलग्नलाइ समेत सजायं दिन्छन। तर नेपालमा भने पटक-पटक हत्यालाई जोगाउने गरिएको छ। अनि यस्तै कारणले गर्दा राजनैतिक हत्याका घटना दोहोरिंदै आएको छन। अब त ऐन र कानुनमा नै राजनैतिक हत्या र अन्य हत्या भन्दै बचाउको बाटो बनाइंदैछ भनिन्छ।

अनि त्यसको नेतृत्व प्रचण्ड भन्ने पुष्प कमल दाहाल, वर्तमान नेपाल कम्यूनिष्ट पार्टीका द्वितीय दर्जाका अध्यक्षले गर्दैछन। त्यसलाई पूर्व एमाले र वर्तमान नेपाली काँग्रेसले ताली बजाएर सपोर्ट गर्दैछ। छोटो रुपमा भन्नुपर्दा दण्डहीनतालाइ नेपालका राजनैतिक पार्टीहरुले कानुनी मान्यता दिएर बचाउ गदैछन। फेरी पनि विप्लबबाट ज्यान मार्ने धम्कि आयो भनेर विलाप गरेन पनि प्रचण्ड नै हुन्।

पुष्प कमल दाहाल-प्रचण्डको नेतृत्वमा माओबादी तथाकथित जनआन्दोलन भन्दै १७ हजार भन्दा धेरै नेपालीहरु मारिए। अन्तत, शान्ति वार्ता हुँदै प्रचण्ड सत्तामा पुगे, प्रधानमन्त्री सम्म बने। अनि उनैबाट आदेश दिएर मारिएकाहरु र सो आतंक रोक्न गएका सैनिक, प्रहरी र सुरक्षावर्गलाइ संयुक्त राष्ट्रसंघमा उजुरी गरिने देखि मानव अधिकारको हनन भन्दै जेल पठाउने काम सम्म भएको छ। उनीहरुलाई जागिरबाट बर्खास्ती गराउने काम समेत गरेका छन्। तिनै प्रचण्डका पूर्व लडाकुहरु धेरै त खाडीका चरम गर्मीमा दैनिक रुपमा मर्दै-मर्दै काम गर्दैछन। माओवादीहरुले लुटेको र जफत गरेको सम्पति अझै पनि फिर्ता भएको छैन। अनि त्यसैकारण रेडकर्नर नोटिश पाएका तिनै पूर्व आतंककारी प्रचण्ड ऐले संसारको सबैभन्दा प्रजातान्त्रिक देश अमेरिकामा छन्।

सो कुरा सहन नसकी थुप्रै नेपालीहरुले अमेरिकी निकायहरुमा उनुरी पठाएका छन्। कानुनबिदसँग सल्लाह लिएको सम्मका कुरा प्राप्त भएका छन्। यसै क्रममा थुप्रै व्यक्तिहरुले एफबिआइ र होमल्याण्ड सेक्यूरिटीमा समेत प्रचण्डका बिरुद्धमा इमेल र पत्र पठाएका छन्। तर ति सबैको जवाफ भने प्रचण्डले देशमा शान्ति र गणतन्त्र नचाहनेहरुको योजना भनेर दिएका छन्।

*************************************

यो पनि : इमेल पत्र उजुरी र क्रिमिनल चार्ज तयारी सुनेपछि प्रचण्ड क्यानाडा भाग्ने अनुमान

https://hollywoodkhabar.com/prachanda-canada-depart