अब सफा गर्छु ,राजधानीको धुलो आफै बढार्छु :प्रधानमन्त्री दाहाल

Hollywood Khabar January 17,2017 Comments

अब सफा  गर्छु ,राजधानीको धुलो आफै बढार्छु :प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्प कमल दाहालले अबदेखि कुचोबोकी  राजधानीको धूलो बढार्न निस्कने हुनुभएको छ। धुलोले नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेकोे भन्दै सरकारले भने आफ्नो एक्लो प्रयासले वायु प्रदुषण नियन्त्रण गर्न नसक्ने निष्कर्ष निकाल्दै आफै बाट अभियान थाली  सर्वसाधारणलाइ समेत अपील गर्दै अभियान थालेको हो।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अबको केही दिनमा नै ‘१५ मिनेट घर बाहिर निस्क्यौं’ अभियान थाल्दैछ।

धुलो बढार्ने अभियानमा प्रधानमन्त्री प्रचण्डले झाडु लिएर धुलो बढार्ने रआम नागरिकलाई पनि हरेक दिन १५ मिनेट आफ्नो वरपरको धुलो सफा गरी तोकिएको ठाउँमा राख्नु पर्नेछ र नगरपालिकाले व्यवस्थापन गर्नेछ ।धुलो बढार्ने यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, निजामती कर्मचारीलाई अनिवार्य संलग्न हुनेछन  ।

 रेग्मीका अनुसार धुँवाधुलोका कारण श्वास प्रश्वासमा समस्या बढेको भन्दै हेलो सरकारमार्फत राजधानीको धुलो नियन्त्रण नगर्दा श्वास प्रश्वासमा गम्भीर समस्या देखिएको भन्दै उजुुरी आएपछि अभियान थालिएको हो ।

हेलो सरकारले फेसबुक र ट्वीटरबाट नागरिकसँग धुलो नियन्त्रणका लागि सुझाव पनि मागेपछि नागरिकले दिएको सुझावकै आधारमा धुँवाधुलो नियन्त्रण गर्नेबारे छलफल थालेको हो।