प्रचण्ड र मधेसी मोर्चाको वार्ता निष्कर्षविहीन

Hollywood Khabar January 29,2017 Comments

 
 
निर्वाचनको मिति घोषणा गरेर संविधान संशोधन र निर्वाचनलाई सँगसँगै तयारी अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रयास बिफल भएको छ।प्रधानमन्त्री दाहालले सोमबार आव्हान गर्नुभएको नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा सहितको वार्ता निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री दाहालले राष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको मतदान अधिकार कटौति गर्ने प्रस्ताव तथा स्थानीय तह निर्वाचनका लागि मधेसी मोर्चालाई मनाउने दाहालको प्रस्तावमा मोर्चा सहमत हुन सकेन।
 
संघीय गठवन्धनका संयोजक एवं संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले  आयोगले  (स्थानीय तह पुनर्संरचना आयोग) तयार गरेको प्रतिवेदनमै असहमति रहेको भन्दै संविधान संशोधनको चरण पुरा नभइ निर्वाचनको कुरा नमान्ने बताउनुभयो ।