-प्रचण्ड नायीका रेखा थापासँग नाच्दै

प्रचण्डलाई जुत्ता प्रहारप्रति नेपालीहरुको सामाजिक संजालमा खुसीयाली

Hollywood Khabar February 29,2020 Comments

कृष्ण के सी/अमेरिका/३/१/२०

पुष्प कमल दाहाल अर्थात प्रचण्ड बिसौं हजार नेपालीको मृत्यूको कारण हुन्। अझै भनौं उनीहरुको हत्याका कारण प्रचण्ड हुन्। हत्याको अर्को नाम पनि हत्या नै हो। तर त्यो अभियोगी पचण्डलाइ प्रधानमन्त्रीको पुरस्कार दिइयो।

मार्च १, २०२० आइतबारका दिन पूर्वएमाले नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा बोलेर मञ्चमा बस्न जान लाग्दा उनलाई आक्रमण प्रयास भएको हो। उनलाइ पूर्व लडाकुका छोरा जुम्लाका रतन तिरुवा नाम गरेका व्यक्तिले जुत्ता प्रहार गरेका हुन्।

यसपछि बिषयलाई लिएर सुनियोजित आक्रमण, निदा र प्रतिक्रिया जस्ता कुरा धेरै आएका छन्। नेकपा र पूर्व मावबादी पक्षले यसलाई निन्दा गरेका छन्। केहि पिडित लडाकु पक्ष र पिडित नेपाली समुदायले भने खुशी व्यक्ति गरेका छन्।

यस्तो आक्रमण प्रयास कानुनि र निन्दनीय भएता पनि सर्व साधारण नेपाली समुदायले भने यसलाई खुशीको संकते स्वरुप सामाजिक संजालमा धारणा व्यक्त गरेका छन। यस्तो प्रहार ठीक होइन यसलाई सबै जान्दछन तर पनि अभिव्यक्ति भने खुशीको दिएका छन्। किन ?

न्याय सबैलाई एउटै हुनुपर्छ। उनले हिजो जनता मारेर बिजयको महोत्सव मनाउँथे। गत केहि हप्ता अगाडी पनि त्यो युद्द उत्सव भनेर अझै पनि मनाउन सरिक थिए प्रचण्ड। अझै उनले त्यसलाई गलत स्वीकारेका छैंनन। नेपाली जनतासमक्ष माफी समेत मागेका छैनन्। अझै उल्टा त्यो हत्या आतंकलाइ उत्सव भनेर मनाउने प्रचण्डलाइ दुनियाँले किन मान्ने भन्ने प्रश्न दुनियाँको हो। उनले मारेका जनता सहि हुने अनि उनि माथि जुत्ता प्रहार गर्दा अन्याय कसरी हुन्छ ? यो नै अहिलेको जन गुनासो हो।