-प्रचण्डदाइलाई मुक्का सलाम गर्दै भन्छु-सुरक्षा छैन भने अमेरिकामा नै बस्नुहोस

प्रचण्डदाइलाई मुक्का सलाम गर्दै भन्छु-सुरक्षा छैन भने अमेरिकामा नै बस्नुहोस

Hollywood Khabar March 16,2019 Comments

जीवन गुरुङ/अमेरिका/३/१७/१९

सर्वप्रथम दाइ पुष्पकमल-प्रचण्ड, भाउजु, छोरी गंगा अनि ज्वाइं जीवनलाई अमेरिका भ्रमणको शुभ कामना छ। साथै भाउजुको शीग्र स्वास्थ्य लाभको कामना पनि गर्दछु।

प्रचण्ड अर्थात भगवानको शिवजीले लिएको रुद्र स्वरुप, सर्वदेवात्मा, अझै भन्नुपर्दा शिवजीको सम्पूर्ण शक्तिको एउटा सिंङ्गो रुपको नाम पनि भन्ने गरिएको छ। आफ्नो नाम फुल जस्तो कोमल अर्थात पुष्प कमल हुँदा-हुँदै उनलाई किन प्रचण्ड नाम नै मनपर्यो त्यो भने उनी आफैले ब्याख्या गरुन। तर आज कुरा गरौँ अलकति फरक प्रसंगको।

दाइ तपाइलाइ भन्ने र सुनाउने शब्दहरू त एक डोको नै होलान, मेरो मात्र होइन हजारौ अरुहरुको समेत जोडेर। तपाइँ जस्तो महान प्रचण्ड कमाण्डरले अफ्नो जीवनको भयले गर्दा राष्ट्रिय संकट लगाउन आदेश दिनाले भने अचम्मै पार्यो।

तपाइको बानी विवादित र अचम्मका हुने गरेका छन् त्यो कुरा सबैलाई थाहा छ। तपाइले जीवनभरी अमेरिकन साम्राज्यबाद भन्दै प्रतिवाद गर्नुभयो। केहि महिना अगाडी बेला न कुवेला भेजेजुयलाको कुरालाई लिएर बितण्डा मच्चाएको कुरा आलै छ। त्यो भन्दा पनि ठ्याक्कै विपरीत तरिकले तपाईकै भाषामा छलांग मारी भाउजुको उपचारको नाउँमा विश्व साम्राज्यको शक्ति सम्पन्न देश अमेरिकाको भ्रमण गर्ने सपना पुरा गर्दै हुनुहुन्छ। यो भाउजु सीताको उपचार नै हो या सुत्केरीको निउँमा टाउको खाने दाउ हो त्यो त समय सन्दर्भले बताउला।

संयोज पनि अचम्मैको परेछ। पाप धुरीबाट कराउँछ भन्थे न हो नै कि त ? हिजो तपाइहरुको कारण हामी हजारौ नेपाली विदेश पलायन भयौ। अनि आज तपाइको आफ्नो चेलोका कारण आफू असुरक्षित भएर राष्ट्रिय संकटको अवस्था भन्दै हुनुहुन्छ। त्यसैले दाइलाई एउटा अनुरोध छ, यहाँहरू देश नफर्कनु भए राम्रो होला।

तपाइका असुरक्षित अवस्थ र आफू सुविधामा रहेर पनि सम्पूर्ण जनतालाई दुविधा राखी राजनीति गर्ने मन्तब्य भन्दा गन्तव्य निर्धारण भए राम्रो होला। झुठको राजनीति गर्नु, नीति र नियत प्रस्ट नदेखिएको अवस्था छ। प्रमाण र दसीमा आधाररहित दिशा भएको छ। नेपालको लगभग एक तिहाइ जनसंख्या विदेशमा रहने विभिन्न कारण भएता पनि विशेष त तपाइको नेतृत्वमा भएको युद्दको ज्यादतीले हो।

विदेशियका सम्पूर्ण नेपालीहरुको विदेशमा कति धेरै पीड़ा छन् त्यसको अनुमान पनि छैन तपाइलाइ। अझै अरवका मरुभूमीमा पानीबिना तड्पिएर खोरियाको तमसुक तिर्न अलिअलि मर्दै बाँच्नेहरुको जीननको कारण पनि तपाइँ नै हो। यति मात्र होइन कतिपय देशमा त ग्याङ्गहरुले कमाएको लुटेर लैजाने जस्ता अनगिन्ति सहेर बस्नुपर्छ। भाषा नजानेर कानुको अज्ञानताले गर्दा बिदेशी जेलमा सडेका नेपालीको कारण पनि तपाइँ नै हो। देशमै मर्ने अन्तिम इच्छा राखेर देश फर्किन पनि नपाएको अवस्था सृजनाको करण तपाइको बेमौसमे रुद्र रुपले गर्दा भएको हो।

कति धेरैजना विदेशमा नै ज्यान गुमाई रहेका छन। साना-नानी च्यापेर आँसुको खोला बगाउँदै श्रीमानको लाशको कफन बुझ्न एयरपोर्टमा पुग्ने महिलाका कारण पनि तपाइँ नै हो। बिहे भएको १९ दिनमा बिदेशिएका अमर बमले मृत्यू दण्डको दिन कुर्दै छन्। त्यसको कारण पनि तपाई नै हो। तपाइको प्रचण्ड स्वरुप देश बनाउन तिर लागेको भए यो अवस्था पक्कै आउने थिए। भाउजु सीताको उपचार पनि नेपालमा नै हुनेथियो। अनि ऐले तपाइँ आफै विप्लबबाट असुरक्षित भन्दै हुनुहुन्छ, त्यसको कारण पनि तपाइँ आफै हो।

अझैँ पनि तपाइले फलाकेका सम्पूर्ण झूटका खेती र सपनाहरू मनमा छन् । त्यसैले ती सम्पूर्ण कुरा त्यागेर अमेरिका तीरै बस्नुहोस । नेपालको धुलो धुवा, अब्यबस्थित किचलोको राजनीति गर्नुभन्दा यतै बस्नुहोस। तपाईले युद्दकालमा लुटेको अकुत सम्पत्ति अमेरिकातीरै सप्लाई गरौ। यतै बसे देशले पनि तपाइको दिशाबिहीन राजनीतिबाट छुटकारा पाउला।

आफ्ना सन्तान र भाइ भारदारलाई ७ पुस्ता पुग्ने अरबौ जम्मा गरी हाल्यौ, अब अरु के गर्नपर्ने होला र ? छोरा प्रकाशले पनि अबबस्थित जीवन बिताई रहेका नारीहरूको भविष्य सपारेर नै स्वर्ग गए। उनी त अब छैनन् के को कुरा भयो र।

तपाईलाई आफ्नो ज्यानको र भाउजुको स्वास्थ्यको कस्तो धेरै माया ? कसैको आधारहीन समाचारको भरमा प्रचण्ड जस्तो साहसी मान्छे फतकक गलेर रूवाबासी गर्दा दया पनि लाग्यो। तपाइकै निर्देशनमा हजरौले ज्यान गुमाए, परिवारहरु बिचलित भए, सम्पति र घर गुमाए, देश गुमाए, आफन्त गुमाए अनि अंङ्गभङ्ग र लथालिङ्ग भए।

तपाइकै निर्देशनमा पत्रकार डेकेन्द्र थापालाई जीउदै खाल्डोमा हालेर माटोले पुरीपुरी मार्दा कस्तो भयो होला ?? एउटा शिक्षकलाइ सबै अंग बाँधेर पिडा दिंदै-दिंदै मार्दा कस्तो भयो होला ? अर्का व्यक्तिलाई शरीरका हरेक अंग पालै पालो काट्दै-काट्दै, ब्लेडले अनुहार र शरिरका अङ्गहरुमा चिर्दै मार्दा कस्तो भयो होला ? एउटी ८ बर्षकी बालिका आँगनमा खेल्दै गर्दा ताकेर बम प्रहार गरेर मारेपछि पनि कति दिन लाश बुझ्न लिन नपाउँदा कस्तो भयो होला ? हामीलाइ त संझंदा पनि मुटु अड्कन्छ, हात-खुट्टा काँप्छन, आँखाबाट आँसु रोकिन्न, तपाइँलाइ केहि हुन्छ ?

तपाइले तेत्रा हजारौं मान्छे मार्न लगाएर एक पटक माफी सम्म माग्नु भएको छैन। अझै ति पिडितहरुले तपाइँहरु जस्ता उन्मादहरु बिरुद्ध मुद्धा गर्न पनि नपाइने कानुन बनाउँदै रे। कठै बिचरा ! तपाइलाई ज्यानको कति माया रहेछ। अनि त्यो २० औं हजारलाइ ज्यानको माया थिएन होला ?

त्यसैले तपाइँ अब अमेरिकातिरै जीवन यापन गर्नुभयो भने नेपालमा पनि सम्पूर्ण जनता खुशी हुन्छन होला। अपबादमा तपाइको २/४ जना झोले, झण्डे, हुक्के, मार्शे, कालिजे, च्याखुरे, आसेपासे बाहेक अरु सबै खुशी हुनेछन। त्यसैले पनि तपाइको बाँकी जीवन र भाउजुको स्वास्थको लागि पनि उमंङ्गका साथ बिताउन अमेरिकातीरै बस्नुहोला।

नेपाल र नेपाली जनताको चिन्ता भन्दै तपाइँ देश फर्किनुमा जनता खुशीभन्दा दुखी धेरै हुनेछन। देशप्रतिको माया मोहले पिरोलिन्ने त हामी हौँ। ८ घण्टाको दैनिकीमा १६ घण्टा काम गर्दा पनि मेरो नेपाल, हामी नेपाली भन्ने हामी हौँ। देशको चिन्ता गर्न तपाइलाइ आवश्यक्त छैन। कामले थाकेको शरीर हुँदा १० मिनेटको ब्रेकमा पनि पानीधरी नपिएर कतै मेरो देशमा राम्रा काम भए की, कसैलाई दुखा पो भयो की भनेर सेलफोनमा समाचार हेर्ने त हामी छँदैछौं नि।

दैनिक जसो नेपालमा के के र को को बिरामी भए भनेर सहयोगको लागि देश-विदेशमा रहनेलाई याचना गर्दा हामी साहयोगी भएका छौं। एउटा व्यक्तिले इण्डियन रियालिटी सोमा जित्दा खुशी मनाउने, श्रीखला खतिवाडालाइ विश्व सुन्दारीमा जिताउन भोट माग्ने देखि अरु देशसंग हुने नेपालको खेलप्रति शुभकामान दिने र उनीहरुको जितमा खुशी मनाउने त जनता हुन्, हामी हौँ। तपाइले कहिल्यै अरुको खुशी चाहनु भयो ? नेपाल र नेपालीको जीत चाहनु भयो ? कसैलाई खुशी बनाउनु भएको छ ? कसैको परिवार जोडेर हेर्नु भएको छ ? एउटा मात्र उदाहरण दिनुहोस, केवल एउटा !

नेपालमा नाकाबन्दी हुँदा-गो ब्याक इण्डिया भनेर विश्वभारी आवाज दिएर थर्काउने नेपाली जनता र हामी हौँ, राष्ट्रियता हामीमा अझै पनि जिउँदै छ। संघियताको नाममा विभाजन ल्याउने, बिखण्डनकारीलाइ रातो मखमल बिच्छ्याउने, आफ्नै देशका नागरिकलाइ मार्न लगाउने तपाइले देशको चिन्ता गर्छु भनेको सुहाउँदैन।

हुन त तपाइ जस्तो अपवित्रलाइ त्यो पवित्र मन्त्रले भरिएको खादा लिएर ओडाउन अरु कुरा थाँती राख्दै एयरपोर्टमा मुक्का सलाम ठोक्न पुग्नेहरु पनि फेसबुकमा देखिएलान नै।

नेपाल र नेपालीको खुशी चाहने त हामी हौँ। च्याखुराको मासु र मार्शीभात खानैपर्ने तपाइलाइ नेपाल र नेपालीको कति चिन्ता छ त्यो त सबैले जानेकै छन। तपाइको रुद्र रुपले हजारौले दुख पाए, त्यसैले बिन्ति छ नेपाल नाफर्कनुहोस यतै बस्नुहोस।