-प्रेम दिवस विशेष प्रवासी प्रवाह

प्रेम दिवस विशेष प्रवासी प्रवाह

Hollywood Khabar February 15,2021 Comments

फेब्रुअरी १५, २०२१ गैरआवासीय नेपाली संघ (एनआरएन) को भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिले साप्ताहिक रुपमा संचालन गर्दै आएको'प्रवासी प्रवाह' को आइतवारको शृंखला प्रेम दिवस विशेष कार्यक्रम गरी सम्पन्न गरेको छ। आइतवार फेब्रुअरी १४ कै दिन परेकोले यसपटक'प्रवासी प्रवाह' लाई प्रेम दिवस विशेष बनाई संचालन गरिएको सोही समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिनु भएको छ ।

आइतवारको कार्यक्रममा आमन्त्रित पाहुना कवि एवं कवयित्रीहरुले आ आफ्ना प्रेम प्रसंग स्मरण गर्दै रचना वाचन गरेका थिए। यसैगरी प्रेमिल प्रतिनिधि जोडीको रुपमा अमेरिकाको टेक्सासमा रहनु भएका चलचित्र निर्देशक,लेखक एवं गीतकार शैलेश आचार्य र श्रीमती कल्पना आचार्यले आफुहरुको प्रेम प्रसंग समेत सुनाउनु भएको थियो।

यसैगरी अमेरिकामै रहनु भएकी कवयित्री दिपा राई पुन:ले पनि आफुहरुको अन्तरजातीय प्रेम र विवाहको बारे स्मरण गर्नुभएको थियो। समितिका संचार संयोजक गौतम दाहालले संचालन गरेको कार्यक्रममा समितिका अध्यक्ष हिक्मत थापा,अमेरिका क्षेत्रका संयोजक महेश्वर पन्त,समितिकी सदस्य सचिव एवं प्रवासी प्रवाहकी संचालिका भगवती बस्नेत,समितिकै सदस्य बेलायतका नृपेश उप्रेती र अमेरिकाबाट शैलेश आचार्य,दिपा राई पुन: र नादिया लिवाङ्गका साथ अफ्रिकाबाट गणेश खड्काले प्रेम दिवस विशेष आ आफ्ना सिर्जना बाचन गर्नु भएको थियो।