नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैधानिक विवादमा आयोगबाट छिटो निर्णय गर्न पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त रुपमा निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
मार्च ३, २०२१ बुधबार संयुक्त रूपमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र स्थापित नजिरहरुको आधारमा यथाशिघ्र विवाद निरुपण गर्नका लागि आग्रह गरेका छन्।
विज्ञप्तिमा हस्ताक्षर गर्ने पूर्व प्रमुख निर्वाचन आयुक्तहरु:
सूर्यप्रसाद श्रेष्ठ
भोजराज पोखरेल
नीलकण्ठ उप्रेती
डा अयोधिप्रसाद यादव
दोलखबहादुर गुरुङ