पुल भाँचिएपछि बनाएको अरुणखोलाको ‘डाइभर्सन’बाढीले बगाएपछि २४ घण्टादेखि सडक अवरुद्ध

0
shares

by Soni Sharma | Updated: 19 Aug 2019

76 views
तस्बिर साभार वेब

२ भाद्र नवलपरासी।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि सडक अवरुद्ध रहेको छ।अरुणखोलामा रहेको पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्सन’आइतबार साँझ बाढीले  बगाएपछि राजमार्ग २४ घण्टादेखि अवरुद्ध भएको हो ।आइतबार साँझ आएको बाढीले ‘डाइभर्सन’मा क्षति पुर्या एको छ । अहिले पनि खोलामा पानीको मात्र बढी रहेकाले ‘डाइभर्सन’ मर्मतको काम समेत प्रभावित भएको छ ।

यातायात अवरुद्ध हुँदा राजमार्गमा सवारीको लामो लाइन लागेको छ । २४ घण्टादेखि राजमार्ग अवरुद्ध हुदा यात्रुहरुलाई सास्ती भएको छ । ‘डाइभर्सन’निर्माण गरी यातायात सहज हुन अझै  समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पानीका कारण मर्मतमा समस्या हुँदा यातायात सञ्चालन कतिबेला हुने हो अनिश्चित जस्तै बनेको छ । ‘डाइभर्सन’निर्माण भए पनि रोकिएका यातायात वारपार गराउन घण्टौँ समय लाग्ने उहाँले बताउनुभएको छ।उहाँले नारायणगढ–बुटवल खण्ड भएर यात्रा गर्ने यातायातलाई वैकल्पिक बाटो भएर यात्रा गर्नका लागि अनुरोध गर्नुभएको छ ।

काठमाण्डौबाट छुटेका यातायातलाई मुग्लिङ्ग–पोखरा–स्याङ्जा हुँदै बुटवलतर्फ जानका लागि आग्रह गर्नुभएको छ।यस्तै बुटवलबाट पूर्वका लागि छुट्ने सवारीलाई समेत पोखरा हुँदै जानका लागि सम्बन्धित जिल्लाका प्रहरीमार्फत समेत खबर गरिएको उहाँले बताउनु भयो ।

२४ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा झण्डै १० किलोमिटर दुर्वतर्फ सवारीको लाम लागेको छ।प्रहरीले राजमार्ग अवरुद्ध भएको स्थानमा सवारीको  धेरै लाम लाग्ने हुँदा पूर्वबाट आउने यातायातलाई कावासोती र पश्चितर्फबाट आउने यातायातलाई बर्दघाटतर्फ नै रोकि राखेको छ ।

डाइभर्सन मर्मत गरी तत्काल सञ्चालन गर्न सक्ने सम्भावना कम रहेको छ । पानीको सतह कम हुँदा केही हलुका  सवारी खोलाबाटै आवतजावत गर्ने गरेका छन् ।साउन २९ गते बुधबार ट्रक पुलमा ठोक्किँदा पुलमा क्षति पुगेको थियो । पुल भाँचिएपछि यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

यातायात अवरुद्ध हुँदा राजमार्गमा सवारीको लामो लाइन लागेको छ । २४ घण्टादेखि राजमार्ग अवरुद्ध हुदा यात्रुहरुलाई सास्ती भएको छ । ‘डाइभर्सन’निर्माण गरी यातायात सहज हुन अझै  समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो।पानीका कारण मर्मतमा समस्या हुँदा यातायात सञ्चालन कतिबेला हुने हो अनिश्चित जस्तै बनेको छ।

‘डाइभर्सन’निर्माण भए पनि रोकिएका यातायात वारपार गराउन घण्टौँ समय लाग्ने उहाँले बताउनुभएको छ।उहाँले नारायणगढ–बुटवल खण्ड भएर यात्रा गर्ने यातायातलाई वैकल्पिक बाटो भएर यात्रा गर्नका लागि अनुरोध गर्नुभएको छ।काठमाण्डौबाट छुटेका यातायात लाई मुग्लिङ्ग–पोखरा–स्याङ्जा हुँदै बुटवलतर्फ जानका लागि आग्रह गर्नुभएको छ।यस्तै बुटवलबाट पूर्वका लागि छुट्ने सवारीलाई समेत पोखरा हुँदै जानका लागि सम्बन्धित जिल्लाका प्रहरीमार्फत समेत खबर गरिएको उहाँले बताउनुभयो ।