-Secretary of State Mike Pompeo

सेक्रेटरी अफ स्टेट पम्पेओले TikTok माथि प्रतिबन्ध लगाउन सक्ने खुलासा गरेका छन्

Hollywood Khabar July 06,2020 Comments

हलिउडखबर/७/७/२०

अमेरिकी सेक्रेटरी अफ स्टेट माइक पम्पेओले चिनिया कम्पनि TikTok app माथि प्रतिबन्द लगाउन सक्ने खुलासा गरेका छन्।

जुलाई ६, सोमबार Fox News संगको अन्तर्वार्तामा सेट्रेटरी पम्पेओले यस बिषयमा राष्ट्रपति भन्दा पहिला आफूले धेरै तत्काल बोल्न नचाहेको तर यो बिषयमा केहि गर्ने गृहकर्य भएको जनाएका छन्। उनले ३० मिलियन TikTok app को प्रयोगकर्ता अमेरिकनहरुलाई केवल आफ्ना सबै सूचना चाइनिज कम्यूनिष्ट पार्टीलाइ दिने भए प्रयोग गर्नु, यो अमेरिकी सुरक्षाको लागि एकदमै खतरापूर्ण छ भन्ने जवाफ दिएका छन्।

भारतले TikTok लाइ प्रतिबन्ध लगाएको छ, अष्ट्रेलियाले प्रतिबन्धको नजिक छन् र अमेरिकाले पनि TikTok सोसल मिडियालाई प्रतिबन्द लगाउने सोच सार्वजनिक गरेको छ। अचम्मको कुरा त चीनले TikTok चीन बाहेक अन्यत्रको लागि बनाएको हो। चाइनामा यसका प्रयोगकर्ता २०० मिलियनको हाराहारीमा छन्।

हलिउडखबरमा पोष्ट गरिएको जुन ९, २०२० को TikTok app बारेको छोटो चर्चा हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://hollywoodkhabar.com/tiktok-today-krishnakcj92020