-सांकेतिक तस्विर

प्रहरीले ‘खुंखार डाँका’तामाङलाइ गोली हानेर नियन्त्रणमा लियो 

Hollywood Khabar May 18,2019 Comments

 ६ जेठ,काठमाडौं।प्रहरीले सर्वाधिक खोजीको सूचीमा रहेका ‘खुंखार डाँका’लाइ गोली हानेर नियन्त्रणमा लिएको छ।प्रहरीले सोमबार काठमाडौंको टोखाबाट काले भनिने विष्णु तामाङलाई दायाँ खुट्टामा गोलि हानेर पक्राउ गरेको हो ।गोली लागेर घाइते तामाङको बीर अस्पतालमा भइरहेको छ।महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ घुँडामा गोली लागेको जानकारी दिए।प्रहरीले ‘खुंखार डाँका’ भन्ने गरेका तामाङ ६ वटा अपराधका घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।

तामाङले नियन्त्रणमा लिन गएको टोलीलाई  हतियार देखाएर आक्रमणको प्रयास गरेपछि आत्मरक्षाको लागि गोली चलाएर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका कारण  ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भए पछि पनि अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।