साङ्केतिक तस्बिर ;साभार वेब

प्रहरीलाई ५ सय घुस दिदा पक्राउ

Hollywood Khabar May 18,2019 Comments

५ जेठ काठमाडौं । प्रहरीलाई घुस दिन खोज्दा दुईजना पक्राउ परेका छन् । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने कागेश्वरी मनोहरा नगरपालिका-९ घर भएका २० वर्षीय भरत केसी र सोही ठाउँ बस्ने यमन दाहाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.९५ प ४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक भरतले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न मोटरसाइकलमा सवार यमनले नगद ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।