१० असोज ,पोखरा।बिस्कुट किन्न पसल गएकी १० वर्षीया बालिकालाई आफ्नै छिमेकीलेनै बलात्कार पछि हत्या गरेका छन्।सोमबार साँझदेखि हराएकी पोखरा २२ पुम्दीभुम्दी कोदीकी श्रेया बिक (सुनार) मंगलबार बिहानै झाडीमा मृत अवस्थामा अर्धनग्न भेटिएको थियो ।कास्की प्रहरीले बलात्कारपछि हत्या गर्नेलाई एक दिनमै समातेको छ।श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन्।यसबारेमा पुष्टि गर्न कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीले पत्रकार सम्मेलन गरेरै यस सम्बन्धमा जानकारी दिने बताए।
पोखरामा आफ्नै छिमेकी द्वारा १० वर्षीया बालिकाको बलात्कार पछि हत्या
by Soni Sharma | Updated: 25 Sep 2018
580 views
