-सांकेतिक तस्विर

भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु 

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ पोखरा।भ्यानले ठक्कर दिँदा पोखरामा एक जनाको ज्यान गएको छ।पृथ्वीचोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्ण प्रसाद चौलागाईंको  मुत्यु भएको हो।भ्यानका चालक नवलपरासीका ४० वर्षीय कृष्ण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडौंस्थित एक इन्टरनेट कम्पनीमा काम गर्ने काभ्रे घर भएका चौलागाईं  कामकै शिलशिलामा पोखरा आएका थिए। बाटो काट्ने क्रममा महिलालाई जोगाउन खोज्दा उनको स्कुटर पल्टेको थियो। स्कुटरसहित पल्टिएका चौलागाईंलाई पछाडिबाट आइरहेको भ्यानले ठक्कर दिएको हो।