तस्बिर वेब

पोखराको चिप्लेढुंगामा बम भेटियो

Hollywood Khabar April 19,2019 Comments

७ बैशाख पोखरा।पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोक नजिकको सडकमा शनिवार विहान बम भेटिएको छ।सडक छेउमा विहान साढे सात बजे स्थानीयले बम देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए।

कागजको गोलो प्याकेटमा टेपले बेरेर राखिएको अवस्थामा बम भेटिएपछि विजयपुर ब्यारेकबाट आएको नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।