तस्बिर साभार वेब

पोखरामा असिना पानी:तरकारी बाली नोक्सान

Hollywood Khabar March 31,2020 Comments

१९ चैत्र पोखरा कास्की।बुधबार मध्यान्ह पोखरामा असिना पानी परेको छ। पोखराको मासवार,बैदाम लगायतका क्षेत्रमा मध्यान्ह असिना-पानी परेको हो।असिना-पानीले हिउँदे बाली नोक्सान पुर्या एको छ।पोखरा महानगरपालिका  मा पटकपटक परेको असिना पानीले किसानले लगाएको तरकारी बालीमा नोक्सान पुगेको छ। 

यसअघि पोखरा २२ पुम्दीभुम्दी, तेस्रोलेक, पोखरा २१ उल्लेरीलगायतका क्षेत्रमा चैतको पहिलो साता ठूलो असिना-पानी र हावाहुरीले हिउँदै बाली नोक्सान गरेको पोखरा महानगरपालिकाका कृषी तथा पशु विकास महाशाखाको प्रमुख मनहर कडरियाले जानकारी दिए।
 चैतको पहिलो साता परेको असिना पानीले थन्क्याउन ठिक्क  परेको तोरी नोक्सान भएको प्रगतिशिल कृषी समूह उल्लेरी पुम्दीका अध्यक्ष प्रेम शर्मा पौडेलले बताए।साग,काउली,बन्दा,बकुल्ला,केराउ,लसुन,प्याजलगायतका तरकारी बालीमा ठूलो नोक्सान भएको स्थानीय किसान गणेश बहादुर गुरुङले सुनाए । 

यसअघि पोखरा १८ तोरीपानी,खपौदी,पदेलीलगायतका क्षेत्रमा परेको असिनाले काउली,बन्दा,लसुन,प्याज लगायतका तरकारी र पाकेर छिन्ने बेलाको तारी,उवाँ लगायका अन्नबाली नोक्सान पुर्याजएको थियो।यसअघि पनि पोखरा २२ पुम्दीमा २ करोड बढीको तरकारी बाली र अन्नमा असिनाले क्षती पुर्यािको महानगर पालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिए। पटकपटक परेको असिनाले ६ करोड भन्दा बढीको तरकारीबाली,तोरी लगायत क्षति पुगेको उनले सुनाए।