-पोखरामा एकै पटकमा चम्ल्याहा बच्चाको जन्म

पोखरामा एकै पटकमा चम्ल्याहा बच्चाको जन्म

Hollywood Khabar January 15,2020 Comments

२ माघ,पोखरा।पोखरामा एकै पटकमा चम्ल्याहा बच्चाको जन्म भएको छ। स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाकी २६ वर्षीया सुनिता पौडेल प्रधानले पोखराको मणिपाल शिक्षण अस्पतालमा चम्ल्याहा बच्चा जन्माएकी हुन् । 

सुनिताले शल्याक्रिया मार्फत जन्माएका चार बच्चामध्ये तीन छोरी र एक छोरा छन् । सबैको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। अस्पतालका डाक्टर महेन्द्र पाण्डेको नेत्रित्वमा शल्याक्रिया गरी बच्चा जन्माइएको पहिलो बच्चा छोरी १.६ किलो ग्राम, दोस्रो बच्चा छोरा १.३ किलो ग्राम, चेस्रो बच्चा छोरी १.३ किलो ग्राम र चौथो बच्चा छोरी १.४ किलो ग्राम रहेको अस्पतालले बताएको छ।