-सहप्राध्यापक डा गोपाल शिवकोटी (चिन्तन)

पिएन क्याम्पस पोखराका सहप्राध्यापक पक्राउ

Hollywood Khabar February 12,2019 Comments

२फागुन,काठमाडौं।पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्राध्यापक डा गोपाल शिवकोटी (चिन्तन)पक्राउ परेका छन्।डा गोपाल शिवकोटी (चिन्तन)लाइ महानगरीय प्रहरी परिसर काठमाडौंले २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै  पक्राउ गरिएको जनाएको छ ।शिवाकोटीको समूहले ‘मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

कानुन विश्वविद्यालय खोल्ने भन्दै सहप्राध्यापक शिवाकोटी,नुवाकोटका बद्रिकुमार थापासहितका व्यक्तिले  २ करोड ७६ लाख ठगी गरेपछि कीर्तिपुरबाट चिन्तन पक्राउ परेका हुन् ।शिवाकोटीसँगै नुवाकोटका बद्रिकुमार थापालाई बाँनियाटारबाट पक्राउ गरिएको हो । उनीहरु मिलेर ६० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।