प्रधानमन्त्री खड्ग प्रसाद ओली संयुक्त राष्ट्र संघको महासभामा, फोटो बेद खरेलको फेसबुकबाट

प्रम ओलीको अमेरिका भ्रमणको ह्याङ् ओभर र न्यूयोर्कमा फेसबुके दोहोरी

Hollywood Khabar October 03,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपालका प्रधानमन्त्री खड्ग प्रसाद ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर नेपाल फिर्ती सवारी भएको पनि दुइ दिन भैसक्यो। तर उहाँको त्यो भ्रमणले नेपाली अमेरिकी समुदायमा आएको विभाजन र आपसी विवादले बनाएको ह्याङ्ग ओभर भने अझै चर्केको चर्कै छ।

ओलीको बिषयलाइ लिएर स्पस्ट रुपमा जनसम्पर्क समिति (नेपाली काँग्रेस पक्ष) र प्रवासी नेपाली मंच (पूर्व एमाले पक्ष) बीच पक्ष-विपक्ष भएको देखिन्छ। त्यो कुरा भन्नु भन्दा पहिला यी दुवै संस्थाको बारेमा थोरै जानकारी लिनु उपयुक्त हुन्छ।

कानुनमा जसरी दर्ता भएको होस्, अनि बोलीले जति सुकै होइन भने पनि प्रवासी नेपाली मंच अमेरिका-OVERSEAS NEPALI FORUM (ONF) भनेको नेपालको पूर्व एमाले कम्यूनिष्ट पार्टी नजिक रहेका व्यक्तिहरुले खोलेको संस्था हो, यसमा दुइ मत छैन। उनीहरुले आफूलाई नेपाल कम्यूनिष्ट पार्टीको भात्री संस्था भनेर कतै पनि भनेका छैन। फेरि ब्यबहारले टाढा पनि देखाएका छैनन, आउँदा जाँदा लाउँला पिरती भएकै छ।

अलिकति खोजी गर्दा, Overseas Nepali Forum-Onf, USA/Pravasi Nepali Manch-America, Inc. भनेर टेक्सस तिर एउटा नाफामुलक ब्यबसाय पनि नदेखिने होइन। Overseas Nepali Forum-Onf, USA/ Pravasi Nepali Manch-America, Inc. filed as a Domestic For-Profit Corporation in the State of Texas on Thursday, October 31, 2013 and is approximately five years old, as recorded in documents filed with Texas Secretary of State. Overseas Nepali Forum USA Inc-Location: 6310 108th St, Forest Hills, NY 11375. अब यो एकातिर INC अर्को तिर मुनाफा रहित त्यो के हो भगवान जानुन।

अब कुरा गरौँ OVERSEAS NEPALI FORUM (ONF) भन्ने सामाजिक संस्थाको। OVERSEAS NEPALI FORUM (ONF), Company No 676650 को संस्था SOUTH CAROLINA मा दर्ता भएको रहेछ। हाल सम्म पनि कानुनी रुपमा एक्टिभ रहेको यो संस्था 03/06/2013 मा मुनाफा रहित संस्थाको रुपमा DR. RAM C. BARAL एजेन्ट भै दर्ता भएको रेकर्ड देखिन्छ।

दर्ता गर्दा यसलाई भनिएको छ: OVERSEAS NEPALI FORUM (ONF) is a company incorporated in South Carolina and its Company Number is 676650. OVERSEAS NEPALI FORUM (ONF) was filed on 03/06/2013. The company's status is listed as Good Standing.

अब अमेरिकामा यसरी दर्ता भएको ONF ले हसिया हथौडा त पक्कै बोक्न नमिल्ना। यसो भएता पनि सो संस्थाको तर्फबाट पूर्व एमाले महाधिवेशनमा पर्यवेक्षकको रुपमा गएको घुइरो भने आम रुपमा ताजै छ।

त्यसैगरी बिषयको अर्को पाटो हो नेपाली जनसम्पर्क समिति अमेरिका। नेपाली काँग्रेस पार्टीको बिधानमा विदेश स्थित नेपाली जनसम्पर्क समिति गठन गर्ने र पार्टीको सदस्यता समेत तेही संस्थाले वितरण गर्ने भन्ने ब्यबस्था छ।

तर नेपाली जनसम्पर्क समिति अमेरिका, अमेरिकाको 501C (प्रवासी मंच जस्तै) अन्तर्गत फुनाफाराहित कम्पनिको रुपमा दर्ता भएको छ। अनि समितिको बिधानमा नेपाली काँग्रेससँग आबद्ध हुने कुरा उल्लेख गरिएको छैन।

त्यो अर्थमा यो पंक्तिकारले बारंबार यो कुरा कानुन त मिल्दैन भनेर उठाएको छ। एक होइन धेरै पटक लेखेको छ, भनेको छ। मैले लेखेको पछिल्लो लेखको प्रिन्ट नेपाली कांग्रेस सभापति शेर बहादुर देउबाकोमा लगेको बताउने व्यक्ति मेरै स्टेटमा छन्। तर पनि न कसैले त्यो कुरा सुन्छ न कसैले मान्नेवाला नै छ। जे सुकै होस् म यो कुरा उठाउन छोड्नेवाला छैन। त्यो कारण समितिले नेपाली काँगेसको झण्डा राखेर कार्यक्रम गर्न मिल्दैन थियो तर गरिरहन्छ। कानुनी रुपमा एमाले (पूर्व) ले प्रवासी मंच र कांग्रेसले जनसम्पर्क समिति चिन्दैनन्।

अब अनर्थ नमाने हुन्छ, जसरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्य हुन प्रवासी मंचका अध्यक्ष प्रभू थापा र जनसम्पर्कका अध्यक्ष आनन्द बिष्ट दुवैले पाउँछन्। ठीक त्यसैगरी जनसम्पर्क समिति अमेरिका र प्रवासी नेपाली मंच अमेरिकामा उमेरको हद पुगेका र अमेरिकी कानुनले बर्जित गरेको आतंकवादी बाहेक जो-कोहि पनि ति संस्थाको सदस्य बन्न निवेदन दिन पाउँछ। अर्थात प्रभू थापाले जनसम्पर्कको सदस्यता लिन र आनन्द बिष्टले प्रवासी मंचको सदस्यता लिन कानुनले बराबरी अधिकार दिएको छ। तेसो हुन एमाले या काँग्रेस हुनु जरुरी छैन। यो नै कानुनी रुपमा सत्य हो। बाँकी जसले जसरी ब्याख्या गरे पनि कालन्तरमा त्यो झुठा ठहरिन्छ भन्ने कुरामा म चाहिँ विश्वस्त छु।

यसै प्रसंगमा अमेरिकामा हुँदा प्रम ओलीका बिरुद्ध नेपालमा हत्या, बलत्कार र अन्य अपराध बढेको अनि सरकार मौन बसेको जस्ता कारणहरुको निर्क्योल गर्दै कालो झण्डा सहित बिरोध प्रदर्शन गरिएको थियो। तरुण दल अमेरिकाको आयोजनामा अन्य संस्थाले समेत साथ् दिएको सो बिरोधले एउटा दरिलो र अनौठो नतिजा दियो।

त्यसैको नतिजा स्वरुप प्रधानमन्त्रीलाइ गर्ने भनिएको सम्मानमा समेत प्रम ओलीले आफू नजाने निर्णय गरे। हुन त आफ्नो अन्तर्वार्तामा तेस्तो बिरोध थाहा नभएको बताउने प्रम ओली मिनेटभित्रै चिप्लिएको कुरा भिडियो हेर्ने जो-कोहिले पनि प्रस्टै देख्दछन।

त्यसपछि खुलेर भन्न नसक्ने तर भित्र-भित्र तिल्मिलाएका देब्रेपंथीहरु आक्रोशको लागि आगोको तिल्कोको खोजीमा थिए। केहि सिप लागेन अनि न्यूयोर्क रिजुड सोसाइटीका अध्यक्ष रवि किरण कोइराला माथि खनिएको देखिन्छ।

कोइराला माथि फेसबुकमा जाइलाग्ने पहिलो व्यक्ति शैलेश श्रेष्ठ हुन्। सबैलाई थाहा नै छ शैलेश श्रेष्ठको शब्द दाइनेपन्थी प्रति तिखो र देब्रेपंथीप्रति मुडो हुन्छ। अनि बाँकी धेरै दोहोरी हुँदै थियो। जवाफमा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य बेद खरेलले पनि शैलेश श्रेष्ठको पुरानो पोस्टिङ्ग खोजेर कालो पट्टि बाँधेको दसी खोलिदिए। यस्तै दोहोरीको क्रम चल्दै गयो, रमितेले ताली बजाउँदै थिए मधारीले कुनी के नचाए।

रिजउडा सोसाइटीका अध्यक्ष रवि किरण कोइरालाले प्रधानमन्त्रीलाइ कालो झण्डा देखाएकोले आफूहरु नजिक रहेका ओलीको पक्षमा बचाउ त गर्ने पार्यो। प्रवासी मंचले रिजउडा सोसाइटीको लागि मन्दिर बनाउन दिने भनेको करौडौ रुपैया चन्दा नदिने भन्ने शैलेश श्रेष्ठको खुलासालाइ बेद खरेलले काउसो थपि दिएको पक्कै हो। अनि मंचका अध्यक्ष प्रभू थापाले समेत फेसबुकमा जवाफ दिएको पनि पक्कै हो।

तथ्य के हो त ?
पहिलो कुरा, नियम, कानुनको परिधि भित्र रहेर बिरोध गर्न पाउने कुरा अमेरिकी स्वतन्त्रता भित्र पर्छ। अरु देश र अन्य व्यक्तिहरुले पनि यस्ता बिरोध गर्छन। रेकर्ड हेर्दा, शुशिल कोइराला प्रधानमन्त्री हुँदा बिरोध गर्न आउने पनि तेही न्यूयोर्कमा छन्। अनि तिनै मध्येका कतिपय भने ओलीको बिरोधमा कालो झण्डा सहित ओर्लिएका छन् कोहि बिरोध जोगाउन लागि परेका छन्।

अब कुरा गरौ रवि किरण कोइरालाको। कोइराला जुन पनि सँस्थाको नेतृत्वमा भए पनि बिरोधमा त्यो रिजउड भन्ने सँस्था बोकेर आएको देखिंदैन। सँस्थाको कुनै पहिचान देखाएको छैन। एउटा व्यक्ति जहिले पनि स्वतन्त्र हुन्छ र कोइराला पनि स्वतन्त्र रुपले बिरोधमा आएको देखिन्छ। यसलाई तन्काउनु पर्ने कुनै कारण कसैले देला भन्न सकिन्न।

अब, धार्मीक बिकाशमा त्यो रिजउड सोसाइटीको लागि दिने भनिएको प्लेज क-कसले दिने भनेका हुन्, कतिले कति दिए र कतिले दिएनन्, त्यो सार्वजनिक गरिदिउँ । तेसो गर्दा प्रभू थापाजीको कुरा पनि पुरा हुन्छ अनि बाँकीको ओठ मुख पनि सुक्छ। साथै जसरी दिने भनेको बेलामा धमाका पिटेको हो तेसैगरी समाचार पनि पिटौ।