प्र म ओली-तस्बिर साभार वेब

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार सिंगापुर प्रस्थान

Hollywood Khabar August 21,2019 Comments

५ भाद्र काठमाण्डौं।प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन्।अपरान्ह साढे १ बजे थाई एयरको उडान नम्बर जिटी ३२० बाट सिंगापुर प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधा शाक्य पनि सिंगापुर गएकी छन्।केही दिनअघि उपचार गराएर स्वदेश फर्किएका उनी फेरि थप उपचारका लागि सिंगापुर गएका हुन्। 

प्रधानमन्त्री ओलीलाई बिदाइ गर्न सरकारका मन्त्रीहरु,नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ त्रिभुवन विमानस्थल पुगेका थिए ।उनी भदौ २० गते स्वदेश फर्कने कार्य तालिका रहेको छ ।