संसद भवन

प्रधानमन्त्रीले बोल्ने कि देउवाले बोल्ने भन्ने विवादले संसद बैठक स्थगित

Hollywood Khabar June 17,2019 Comments

४ असार काठमाण्डौं।प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधले मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद बैठक सुरु हुने वित्तिकै स्थगित भएको छ ।प्रधानमन्त्री भन्दा पहिले प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवाले संसदमा भनाई राख्न पाउनु पर्ने माग कांग्रेसले राखेको थियो । सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिले बोल्ने अवसर दिएपछि कांग्रेसले रोष्ट्रम घेराउ गरि संसदको प्रक्रिया नै अवरुद्ध भएको थियो ।

कांग्रेसको विरोधपछि संसदमा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका थिए । प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजी पछि सम्बोधन हुन सकेन् । कांग्रेसको लगातार विरवध भएपछि सभामुख कृष्णबहादुर महराले बुधबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।