प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक स्थगित

0
shares

by Soni Sharma | Updated: 15 Aug 2019

80 views
साङ्केतिक तस्बिर:साभार वेब

३० साउन काठमाडौं।प्रधानमन्त्री केपि शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक विषयमा नै प्रवेश नगरि स्थगित भएको छ।केन्द्रिय विभागहरु र विभिन्न एकता सम्बन्धी विवादहरु टुंगो लगाउन बसेको बैठक प्रधानमन्त्रीको अस्वस्थतताका कारण स्थगित भएको हो।केहि दिन अघि मात्रै उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्रीको स्वास्थ्य पुनःबिग्रिएको हो।

नेपाल आएपछि ‘म स्वस्थ छु’भनि ट्वीट गरेका ओलीको स्वास्थ्यमा पुनःसमस्या उत्पन्न भई ज्वरो र जिउ दुख्ने समस्या देखिएको छ ।नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको सामान्य स्वास्थ्य समस्याका कारण वैठक स्थगित भएको जानकारी गराउँदै स्थगित वैठक भोली दिउसो पुनःबस्ने जानकारी गराए ।

‘हामीले सामान्य छलफल र सरसल्लाह त गर्यौंप, तर सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको स्वास्थ्यमा थोरै प्रतिकूलता भएका कारणले औपचारिक बैठक बस्न उपयुक्त ठानेनौं’, प्रवक्ता श्रेष्ठले भने, ‘हामीले नै आराम गर्न उहाँलाई सुझाव दियौं ।’