प्रधानमन्त्री रोजगार कार्यक्रमको लोगो

प्रधानमन्त्री रोजगार कार्यक्रमको लोगो सार्वजनिक

Hollywood Khabar February 09,2019 Comments

२८  माघ,काठमाडौं।प्रधानमन्त्री रोजगार कार्यक्रमको लोगो सार्वजनिक भएको छ।वर्तमान सरकारको लोकप्रिय मानिएको रोजगार कार्यक्रमको फागुन १ गते १२ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।कार्यक्रमको मुख्य जिम्मेवारी श्रम, रोजजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको नेतृत्वमा हुनेछ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले वेरोजगार युवाहरूलाई मुख्य केन्द्रमा राखेर काम गर्नेछ।यो कार्यक्रमले विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी छ।कार्यक्रम सातै प्रदेशमा मुख्यमन्त्रीहरुले समेत सोही समयमा उद्घाटन गर्ने तयारी गरिएको  बताइएको छ।

बेरोजगार युवाले आफ्नो स्थानीय तहका रोजगार सूचना केन्द्रमा आफ्नो व्यक्तिगत विवरण पेश गर्नु पर्नेछ।जसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार अधिकृतको भर्ना प्रकिया सुरु गरिसकेको छ।