-केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्रीको बागडोर ओलीलाई ,प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष

Hollywood Khabar November 19,2019 Comments

४मंसिर,काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बसेको  सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको छ।जसअनुसार केपी शर्मा ओलीनै प्रधानमन्त्री हुनेछन्।तेस्तैगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए।

अध्यक्ष ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने,अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुने  र बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुने पनि प्रवक्ता बताए।दुबै अध्यक्षको वरियता क्रम यथावत नै राखि पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले अपसी सरसल्लाह गरी पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि सहमति भएको छ ।