-बालुवाटार स्थित प्रधानमन्त्री निवास

प्रधानमन्त्री निवास भत्काएर ४० करोड लागतमा नयाँ भवन बनाइने

Hollywood Khabar June 10,2019 Comments

२९,जेठ,काठमाडौं।बालुवाटार स्थित प्रधानमन्त्री निवास भत्काएर  ४० करोड लागतमा नयाँ भवन बनाइने भएको छ।बालुवाटारको अहिलेको संरचना भत्काएर २ वर्षभित्र ४० करोड लागतमा बन्ने नयाँ भवनमा एक रोपनी क्षेत्रफलमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने २ रोपनी क्षेत्रफलमा भेटघाट र बैठक कक्ष हुनेछन् ।सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।