प्रधानमन्त्री केपी शर्मा ओलीले  मिर्गौला प्रत्यारोपण गर्ने 

0
shares

by Soni Sharma | Updated: 16 Nov 2019

107 views
-प्रधानमन्त्री केपी शर्माओली

१ मंसिर,काठमाडौं।प्रधानमन्त्री केपी ओलीले मिर्गौला प्रत्यारोपण गर्ने भएका छन्।प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा होमोडायलासिस गराउने चिकित्सक र नेकपाका नेताहरुसँगकोछलफल पछि मृगौला प्रत्यारोपन बताएका हुन्।गत असोज १३ गते ग्राण्डी अस्पतालमा होमोडायलासिस गरेका प्रधानमन्त्री ओलीको १७ दिनपछि हिजो शनिबार ग्रान्डीमा  होमोडायलासिस गरिएको छ । 
 
प्रधानमन्त्री ओलीले ग्राण्डीबाट पहिलो र दोस्रो पटक डायलासिस गराएलगत्तै उपचारमा संलग्न चिकित्सकले नियमित डायलासिस वा पुनः प्रत्यारोपण रोज्न विकल्प दिएका थिए ।कात्तिक १३ गते प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाबथैलीमा जाने नली ‘ब्लक’ भएको देखिएपछि तत्कालै ‘स्टेन्ट’ राखिएको थियो ।हिजो शनिबार अस्पताल लगिएपछि ‘स्टेन्ट’ पद्धतिले  काम नगरेपछि शनिबार नै ‘स्टेन्ट’ निकालिएको छ ।