-सांकेतिक तस्विर

लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोलि प्रहार 

Hollywood Khabar June 11,2019 Comments

२९ जेठ,पोखरा।प्रहरीले पोखराको उत्तमचोकमा गोली हानेर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद भएको पनि प्रहरीले जनाएको छ ।