पोखरामाअन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने

Hollywood Khabar December 16,2017 Comments

पुस,२पोखरा।पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने भएको छ ।पोखरा फिल्म सोसाइटीको आयोजनामा पुष ६ गतेदेखि ८ गतेसम्म पोखरा सभागृहमा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको तेश्रो संस्करण हुन लागेको हो ।

महोत्वसका संयोजक सरोज सापकोटाका अनुसार ३ दिनसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी गरी ४३ वटा चलचित्र प्रर्दशन गरिने छ।१ सयभन्दा बढी देशका ९ सय चलचित्रहरूले सहभागिताका लागि आवेदन दिएपनि २५ नेपाली र १८ विदेशी गरी ४३ वटा चलचित्र प्रदर्शनका लागि छनौट गरिएको हो।

सुदुरपश्चिमको कथा समेटिएको छोटो चलचित्र जालगेडीबाट महोत्सवमा प्रदर्शन शुभारम्भ गरिने भएको छ । महोत्सवको अवसरमा नेपाली चलचित्र तुइनको नेपाल प्रिमयर सो गरिने भएको छ ।महोत्सवमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसनलगायतका चलचित्र प्रदर्शन गरिनेछन् ।

रामेश र रायनको गीतवाट जनतामा जगाएको चेतना र आन्दोलनको कथालाई समेटेर तयार पारिएको चलचित्र डढेलोको सतिशाल पनि महोत्सवमा प्रर्दशन गरिने आयोजकले जनाएको छ । महोत्सवमा पोखराका दुईवटा चलचित्र समेत प्रदर्शन गरिने बताइएको छ ।महोत्सव बिहान १० बजे देखि बेलुकी ६ः०० बजेसम्म हुने जनाइएको छ । महोत्सवकै क्रममा मुख्य कार्यक्रम बाहेक पहिलो दिन ६ गते बेलुकी ६ः०० बजे लेकसाइडको वाराहीचोकमा प्रर्दशनी गरिने छ भने दोस्रो दिन रामबजारको राममन्दिर चोकमा प्रर्दशनी समेत गरिने छ ।