पिकनिकबाट फर्कर्दा चितवनमा अटो दुर्घटना,५ को मृत्यु

0
shares

by Soni Sharma | Updated: 07 Dec 2019

174 views
-तस्बिर साभार वेब

२१ मंसिर,काठमाडौं।चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।पिकनिकबाट फर्कदै गर्दा टेम्पो दुर्घटनामा परेको जनाइएको छ।घटनामा एक जना गम्भीर घाइते छन्।चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ।

घटनामा परी पर्बतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारीसहित ५ जनाको मृत्यु भएको छ । अन्य मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।