-फाइजर भ्याक्शिनको दोश्रो डोजपछि ९४% सफल नतिजा प्राप्त

फाइजर भ्याक्शिनको दोश्रो डोजपछि ९४% सफल नतिजा प्राप्त

Hollywood Khabar February 24,2021 Comments

फाइजरले बानाएको कोभिड १९ भ्याक्शिन ९४% सफल रहेको कुरा इजरेलमा गरिएको पछिल्लो लार्ज स्केलको अध्ययनले देखाएको छ।

कोभिड १९ को लागि Pfizer and BioNTech ले बनाएको भ्याक्शिन इजरेलमा लार्ज स्केलमा क्लिनिकल ट्रायल गर्दा सो नतिजा पाइएको हो। फेब्रवरी २४, २०२१ मा The New England Journal of Medicine लाइ हवाला दिंदै द न्यूयोर्क टाइम्सले समाचार सम्प्रेषण गरेको छ। अध्ययन अनुसार दोश्रो डोज भ्याक्शिन लगाएपछि ९४% सफल रहेको छ। त्यसैगरी दोश्रो डोजपछि कोभिड १९ संक्रमणले गंभिर अवस्था हुनबाट ९२% रोक्न सफल भएको छ।

१६ बर्ष उमेर माथिका १ मिलियन जनसंख्यामा गरिएको अध्ययनमा ६ लाख महिलालाइ भ्याक्शिन लगाइएको थियो। सोहि संख्यामा भ्याक्शिन नलगाइएका ब्यक्तिहरुसंग तुलनात्मक अध्ययन गर्दा सो नतिजा प्राप्त भएको जनाइएको छ। अध्ययनबाट भ्याक्सिनको सरदर सफल रेट चाहिँ ९५% रहेको बताइएको छ।