साङ्केतिक तस्बिर

पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घट्यो

Hollywood Khabar May 16,2019 Comments

४ जेठ काठमाडौं।नेपाल आयल निगमबाट पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२बजेबाट लागुहुनेगरी तीन इन्धनको मुल्य घटनाएको हो।

नेपाल आयल निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपै‌याँ, डिजेल र मट्टीतेलमा प्रति लिटर १ रुपै‌याँ घटाइएको छ। हवाई इन्धन र एलपि ग्याँसको खुद्रा मूल्य यथावत राखिएको छ।

मूल्य घटेपछि प्रति लिटर पेट्रोल १०८.५०, डिजेल र मट्टीतेल ९७ कायम रहेको निगमले जनाएको छ।