Bimalendra Nidhi, NC VP

पार्टी अनिर्णयको बन्दी बनाउने नेता पौडेल र सिटौला हुन्: उपसभापति निधि

Hollywood Khabar October 22,2018 Comments

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ पार्टी नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका कारण पार्टी अनिर्णयको बन्दी भएको बताएका छन् ।

अक्टुवर २२, २०१८ सोमबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा निधिले नेता पौडेल र सिटौलाले पार्टी अगाडी बढाउन समय नदिने, पार्टीको बैठक बस्न समेत अबरोध गरेकोले गतिरोध भएको बताएका हुन्। नेता निधिले भने पार्टीको बैठक बस्न नसकेर कुनै पनि निर्णय हुनसकेको छैन। उता महासमिति बैठकको तयारी भइरहेको बेलामा पार्टीलाई अनिर्णयको बन्दी बनाउनु उचित होइन।

एकातिर उहाँहरु पार्टी बैठक बस्न नदिने अर्कातिर उहाँहरुको अनुपस्थितिमा बैठक बसेर कुनै निर्णय गरिहाले एकलौटी ढंगले पार्टी चलाएको आरोप लगाउने गरेकाले पार्टीलाइ अनावश्यक रुपमा बन्दि बनाइएको कुरा नेता निधीले बताए।

महासमिति बैठकपछि समयभन्दा पहिला नै महाधिवेशन गर्ने विषयमा छलफल भएको र नयाँ संरचना अनुसारको बिधानले गरेको ब्यबस्था अनुसार पार्टीको महाधिवेशन हुने बताए।

आफैंले अर्ली महाधिवेदन गर्ने पनि बताउने नेता निधीले सोहि कुराकानीमा बिधानको ब्यबस्था अनुरुप एक बर्ष थप पनि हुन सक्ने कुरा बताए। अन्तमा उनले सरकारले करको जिम्मेवारी नलिएकाले मुलुकमा कर आतंक बढेको आरोप लगाए।