डा पौडेल र जिसीको डिल, RC-DRC बाइपास जोसी समर्थक जिल्ल

Hollywood Khabar August 10,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासिय नेपाली संघका महासचिव डा बद्रि के सीको पटक पटकको पत्र आतंकले NRNA NCC अमेरिकालाइ अन्तत सखाप नै पार्यो। यस क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामाले बिगत देखि भन्दै आएको एनआरएनए अमेरिका अगाडि बढेकोले यसलाई बिगार्न धेरैजना लागि परेका छन् भन्ने कुरा अन्तत सत्य सावित भयो।
संघका पुर्व अध्यक्ष जीबा लामिछानेको खुफिया दस्ताले एनआरएनए अमेरिकालाइ अदालत सम्म पुर्याएको छ। संघको एनसीसी अमेरिकालाई बचेको साख पनि सखाप पार्न सबैलाइ झुक्याउँदै दुइ बिपरित धारमा रहेका व्यक्तिहरु पुर्व अध्यक्ष तथा आइसिसि सदस्य खगेन्द्र जि सी र बर्तमान अध्यक्ष डा केशब पौडेलबीच एउटा गोप्य सहमतिको सम्झौता गरिएको छ।
डिल अनुसार मुद्धाको सेट्ट्लमेण्ट सहित आगामी पदको समेत प्याकेजमै सहमति भएको छ। मुद्धा सेट्ट्ल गर्ने, गौरी जोसीले डा पौडेललाइ समर्थन गर्ने र डा पौडेलले खगेन्द्र जी सीलाइ आगामी बिश्व सम्मेलनमा उपाध्यक्षमा सघाउने सहमति भएको छ। त्यसैगरी कृष्ण पोख्रेललाइ DRC मा प्रत्यासी गराउने पनि सहमति भएको छ। सोही सहमति अनुसार आँखामा छारो हाल्न एउटा अध्ययनका लागि भनेर तीन सदस्य कमिटी पनि जबर जस्ती गठन गरिएको छ।
सो कमिटिको गठन गर्ने नाम सहित अगष्ट १० बिहान एनसीसीका अध्यक्ष तथा आगामी कार्यकालका अध्यक्षका उम्मेदवार डा केशब पौडेलले अन्य अध्यक्षका उम्मेदवारहरु (राम पोखेरल बाहेक) रबिना थापा, कृष्ण पोख्रेल समेतलाइ यो कमिटी बनाउने र यो यो नाम राख्दैछु तपाइले समर्थन गर्नुहोला भन्ने आदेश दिनुभएको थियो।
रबिना थापाले यस्तो कमिटी त सांस्थाको बिधान अनुसार क्षेत्रीय संयोजक र क्षेत्रिय उपसंयोजकको संयोजनमा बनाउनुपर्छ, उसै पनि हाम्रो पदावधी सकियो, हामी उम्मेदावर भएका छौं अनि यो बेला यस्तो  निर्णय कसरी गर्न सकिन्छ, यो गर्न मिल्दैन, यदि कमिटी नै बनाउने हो भने सुमन तिमल्सिना देखि सबै पुर्व अध्यक्ष राखेर बनाउनु पर्छ, जसको निर्णय सबैलाई मान्य हुन्छ भन्ने बिमति प्रस्ताब राख्दा अल्पमतमा पर्नुभयो।
रबिना थापाको सो असहमतिको कुरालाई राम पोख्रेल, बेदराज बस्नेत लगायतले समर्थन गर्दै निर्णयमा बिमति राख्नु भएकोछ। तर पनि प्याकेजको डिल भएकोले प्रस्ताबलाइ एकल रुपमा निर्णय सुनाएर बहुमतको आधारमा पास भएको जनाइयो। बरिषठ उपाध्यक्ष कृष्ण पोख्रेल आदेश अनुसार बैठकमा नुपस्थ्ति रहनुभयो। उहाँलाई DRC का लागि डिल भएकोले चुप बस्न भनिएको छ।
महासचिव तिलक श्रेष्ठलाइ पत्तै नदिएर अध्यक्ष डा केशब पौडेल आफैंले बोलाएको बैठक सचिव शंकर खड्काले चलाएको कुरा निर्यणले प्रमाणित गर्दछ।
सुनियोजित रुपमा देखाउन बनाइएको तीन सदस्य कमिटीमा खगेन्द्र जि सी, डा.यादव पण्डित र डा रमेश पन्तको नाम पारित भएको कुरा डा केशब पौडेलले बिरोधका बीच पनि बैठकमा पढेर सुनाउनु भयो।
यो कमिटी आफैंमा निकम्मा र देखाउने कुरा मात्र भएकोले तत्काल कुनै अर्थ राख्दैन। तर हुने कुरा भने डिलमा जे छ त्यो हो। सोनाम लामा बाइपास भएको भान नहोस भनेर देखाउनको लागि आइसिसिको पत्रानुसार भनेर यसो गरिएको हो।
हुन त यो कार्यसमितिको बैधानिकता पहिला नै सकिएको कुरा निर्वाचन आयोग ले घोषणा गरेको छ। त्यसैले यस्तो प्रकृयामा जान सक्दैनथ्यो। त्यो पनि बिधानमा स्पस्ट रुपमा लेखिएको अवस्थामा संबन्धित क्षेत्रका संयोजक उप-संयोजकलाइ नै थाहा नदिएर डिल पास गराइयो।
यो निर्णय संगै अमेरिकाबाट आगामी नेतृत्वका लागि उपाध्यक्षका उम्मेदवार हुन तयार गर्दै गर्नुभएको सोनाम लामा र सोहि पदका प्रत्यासी खगेन्द्र जीसी बीच फेरी पनि लडाई हुने भएको छ। यो लड़ाइको परिणाम स्वरुप दुवै जनाले असफलता पाउने पनि उत्तिकै संभावना छ। यसको नतिजा भनेको फेरी पनि IES मा अमेरिका निल हुनेछ। 
सधैं सोनाम लामा संग-संगै रहेका डा केशब पौडेलले अन्तिममा पुग्दा आफ्नो कटाक्ष परेका खगेन्द्र जी सीबीच कसरी डिल गर्न सफल हुनुभयो त्यो भने रहश्यको कुरा छ। यसो भएता पनि यसको असर भने अर्कोतर्फ सुरु भएको छ। अब जनसम्पर्क समिति र प्रवासी मंच अनि NRNs कै पनि समर्थन र लबी फरक धारमा पुगेको छ।
यस्तो खालको निर्णय गर्दा RC र DRC दुबैजना बाइपास भएको कारण भने सोनाम लामालाइ एक्ल्याउनु नै थियो। अन्तत षड्यन्त्र सफल भयो, एउटा खुफ़िया खेल सफल भयो। तर निर्वाचनको नतिजा भने यसो गर्दा पनि डा पौडेलको हातमा नआउने पक्का छ। यो डिलसंगै गौरी जोसीका समर्थक जो डा पौडेललाइ हराउन लागेका थिए उनीहरु सबै बिच्केर अन्तै जान थालेका छन्।
त्यो भन्दा पनि ठूलो स्मरणिय कुरा के हो भने लाइफ मेम्बर रहँदै आउनु भएका क्षेत्रीय संयोजक सोनाम लामाको नाम नै सदस्य/भोटर लिस्टमा छैन। त्यती मात्र होइन ICC मा पठाएको पंजीकृत सदस्यको लिस्टमा पनि छैन भनेर सो कार्य हेर्दै गरेका व्यक्तिले जनाइसकेका छन्।
आफ्नै टिमका सदस्य र सहयोग गर्नेलाइ त लात मार्ने डा केशब पौडेलले सोनाम लामालाई झस्का दिनु कुनै नौलो कुरा होइन। उसो त उहाँसंग संगत गर्ने सबैले आफुले धोका पाएको कुरा बताउने गरेका छन्। यदि यसो हो भने भोलि सोनाम लामा सदस्य नभएका कारण डेलिगेट्समा नपर्न पनि सक्नुहुन्छ। अनि खगेन्द्र जी सीको बाटो अलि बलियो बन्ने भयो। यसबारे सोनाम लामाले आफ्नो नाम नभएको कुरा गत महिनामा नै जानकारी गराउनु भएको थियो। त्यो कुराको नियत ऐले गएर भने पौडेल जि सी डिल RC-DRC पाइपासले खुलासा भएको छ।
अब के हुन्छ ????
खगेन्द्र जिसी, डा केशब पौडेल, मोहोरा बनाइएका गौरी जोसी एकातिर हुने भएका छन्। अर्कातिर रबिना थापा, बेद राज बस्नेत, जनसम्पर्क समितिको दुवैतर्फको ठूलो हिस्सा, प्रवासी मंच, जनजाति महासंघका सबैजसोको समर्थनमा यो रबिना थापाको टीम झन् बलियो हुने मौका मिलेको छ।
आफुलाई पाइपास गरेका बारे RC सोनाम लामा र DRC एसी शेर्पाको आधिकारिक कुरा बाहिर आउन बाँकी छ।