तस्बिर वेब

पत्रकार गिरि साधारण तारेखमा रिहा

Hollywood Khabar April 17,2019 Comments

५ बैशाख काठमाडौं।साइबर क्राइमको मुद्दा लगाइएका पोखराका पत्रकार अर्जुन गिरि साधारण तारेखमा रिहा भएका छन्।समाचार लेखेकै आधारमा पक्राउ परेका ताण्डव न्युज डटकमका सम्पादक समेत रहेका गिरिलाई बिहीबार काठमाडौँ जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले गिरीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।पत्रकार महासंघका कास्की शाखा सदस्य समेत रहेका गिरीलाई समाचार प्रकाशन गरेको विषयलाई लिएर स्थानीय बिपेन्द्रराज बतासले दिएको जाहेरीका आधारमा कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो।

उनीविरुद्ध साइबर क्राईमको मुद्दा लगाइएपछि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ संस्थाले विरोध गरेका थिए।