-बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईँ

गोविन्द केसीको समाचार लेख्ने पत्रकारलाई बीएण्डसी संचालक प्रसाईँले धम्की दिए

Hollywood Khabar January 14,2019 Comments

२ माघ,इलाम।इलाममा अनसनरत प्राडा गोविन्द केसीको समाचार लेखेको भन्दै बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईँले पत्रकारलाई धम्की दिएका छन्।सरकारसंग भएको सहमति कार्यान्वयनको मागगर्दै १६ औं चरणको आमरण अनसनमा  रहेका  केसीको समाचारलाई प्राथमिकता दिएको भन्दै प्रसाईँले  कान्तिपुर दैनिकका संवाददाता तथा नेपाल प्रेस युनियन इलामका अध्यक्ष विप्लब भट्टराईलगायतका पत्रकारलाई धम्काएका हुन्।

बीएण्डसी अस्पतालका तर्फबाट चैतन्य मैनाली डा केसीलाई भेट्न इलाम पुगेपछि सोहि बिषयमा पत्रकारले सञ्चालक प्रसाईंसँग टेलिफोनबाट बुझ्न खोज्दाअपशब्द  बोल्दै धम्काइएको हो।प्रसाईंले पत्रकार धम्क्याएपछि  नेपाल पत्रकार महासंघ इलाम र प्रेस युनियन इलाम शाखाले प्रेस विज्ञप्ति निकाल्दै पत्रकार धम्क्याउने प्रसाईँलाई कार्वाहीको माग गरेको छ।

महासंघकी अध्यक्ष कोकिला ढकाल र युनियन सचिव टीका खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रसाईँको अभिव्यक्ति प्रेसमाथि धावा बोलेको उल्लेख गरिएको छ । पत्रकारमाथि गरिएको हर्कतप्रति प्रसाईँलाई कारबाही गर्न प्रशासनसँग माग गरिएको छ।