-तस्विर वेव

नेपाल भ्रमण वर्ष २०२०मा पटिहानीको अम्ब्रेला स्ट्रिट सञ्चालनमा आउने 

Hollywood Khabar September 20,2019 Comments

४ असोज,चितवन।नेपाल भ्रमण वर्ष २०२० संगै भरतपुरको पटिहानीमा निर्माणाधीन  अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू  सञ्चालनमा आउने भएको छ ।भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि स्ट्रिट निर्माण गरिएको बताए।अम्ब्रेला स्ट्रिटमा छातामुनि बसेर विभिन्न स्थानीय परिकारमा पर्यटक रमाउन पाउने छन् ।

पर्यटकले निकुञ्जको दृश्यावलोकनमा रमाउँदै एकसिङ्गे गैँडासहितका दुलर्भ वन्यजन्तु हेर्न सक्नेछन् ।विशेष गरी यस क्षेत्रमा पर्यटकले थारुका संस्कृति,जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुका साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्नसक्ने उन्ले बताए । यसै क्षेत्रमा थारु समुदायको बस्ती रहेको छ।पटिहानी क्षेत्र गत वर्ष सरकारले घोषणा गरेका १०० पर्यटकीय गन्तव्यमध्येको एक हो ।यस क्षेत्रमा ५० वटाभन्दा बढी साना ठूला होटल, रिसोर्ट सञ्चालनमा छन् ।