लस एन्जलसमा बनेको पशुपतिनाथ र बुद्धमन्दीरमा सेवा सुरु हुँदै

Hollywood Khabar December 19,2017 Comments

कृष्ण के सी/अमेरिका
दक्षीणी क्यालिफोर्नियाको विश्वचर्चित शहर लस एन्जलस स्थित Shree Pashupatinath Foundation, USA का सचिव रामेश्वर भण्डारीबाट डिसेम्बर १९, २०१७ मा प्राप्त प्रेस रिलिज अनुसार फ़ाउण्डेशनले निर्माण सम्पन्न गरेको मन्दिरको लागि City of Norwalk बाट स्वीकृति प्राप्त गरेको छ।
10843 Kenney Street, Norwalk, CA 90650 मा रहेको Shree Pashupatinath Foundation लाइ आफ्नो धार्मिक र सो सँग संवन्धित कृयाकलाप गर्न पशुपतिनाथ र बुद्धमन्दीरको लागि सिटीले Certificate of Occupancy प्रदान गरेको कुरा जानकारीमा उल्लेख छ। अब दुइ महिना भित्रमा नियमित पुजा र आराधना समेत सुरु हुनाका साथै मन्दिर सार्वजनिक रुपमा खुल्ला पनि गरिनेछ।