पशुपतिनाथमा पहिलो पटक पशुपतिनाथ महोत्सव शुरु

Hollywood Khabar March 15,2018 Comments

आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा पशुपतिनाथ महोत्सव शुरु भएको छ। पहिलो पटक आयोजना गरिएको यो महोत्सवले सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
महोत्सवमा धार्मिक गोष्ठी, प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य खानाका परिकार, कला-संस्कृति प्रदर्शनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने कुरा जानकारी गराइएको छ।
त्यसैगरी श्रीमद्भागवत कथा, पाहाँचह्रे जात्रा लगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी साथै नेपाल र भारतका वरिष्ठ कलाकारद्धारा शास्त्रीय तथा भक्ति संगीतको समेत आयोजना गरिएको छ।
चैत ७ गते सम्म हुने महोत्सवको देशोद्धार पूजा गरी मार्च १५ २०१८ बिहिबारका दिन औपचारिक उद्घाटन गर्दै शुभ-शुरुवात गरिएको कुरा आयोजक समितिका अध्यक्ष केदारमान भण्डारीले जानकारी दिनुभएको छ।

सम्पर्कको लागि:
कृष्ण किस्मत भण्डारी
bhandarykismat@gmail.com
984-120-4035