नेपालकी हेमानन्द गिरी हिन्दुहरुको शंकराचार्य, अब पशुपति पाँचौ मठ

Hollywood Khabar July 17,2018 Comments

कृष्ण के सी/अमेरिका
संसारको सबैभन्दा पहिलो र आधारशिला मानिने हिन्दुधर्मको उच्च आचार्यपदहरु मध्ये सर्वोच्च शंकराचार्यपदबाट नेपालकी महिला गिरीमहाराज हेमानन्द गिरी भिभूषित हुनुभएको छ। जुलाई १०, २०१८ मा उहाँले अखिलभारतीय विद्धत्परिषद र World Hindu Federation बाट शंकराचार्य र पशुपति मठाधीस समेतको पदको सम्मानित नियुक्ति पत्र लिनु भएको छ।

शंकराचार्यपदको व्यबस्थाको इतिहास लगभग १२०० वर्ष पुरानो मानिन्छ। ब्यबस्था र इतिहासमा महिला आचार्य डण्डी स्वामी नभएका कारण हुन पाउने या नपाउने भन्ने विवाद भएकै कारण पनि महिला शंकराचार्य भएको भने थिएन। त्यो भन्दा पनि हिन्दुधर्मको शिर मानिने नेपालको नेतृत्व कहिलै पनि थिएन, त्यो अवसर कहिलै भएन होइन कसैले प्रयास नै गरेन। तर पहिलो पटक त्यसमा पनि महिला त्यसमा पनि नेपाली महिलाले धार्मिक कठिन बाटो पार गर्दै अनन्त श्री विभुषित महामण्डलेश्वर श्वामी हेमानन्द गिरी महाराजबाट शंकराचार्यपदमा विभूषित हुनुभएको हो।

आठौं शताब्दीमा आदी शंकराचार्यले सृजना गरेको महानुशासन र चारवटा सर्वोच्च आचार्य पदहरु र सर्वोच्च शंकराचार्यको नियुक्ति भारत धर्म महामण्डल एवं काशी विद्वत परिषद्ले गर्दछ।

उसो त हेमानन्द गिरी आफैंमा एउटा इतिहास बनाउने पात्र हो। त्यसमा पनि उहाँ आफू पदाशिन मात्र हुनुभएको छैन यसबाट नेपालको लागि दुइ ठूला काम समेत गर्नुभएको छ। पहिलो, नेपाली भूमीबाट त्यो सर्वोच्च पदमा हजारौंको संख्याबाट छनोट भएर पुग्नुभएको छ। दोश्रो कुरा उहाँले पशुपतिलाइ पाँचौ मठ बनाएर मठाधीस ग्रहण गर्नुभएको छ। हालसम्म हिन्दुधर्मको ब्यबस्थापन गर्न चारमठ मात्र थिए र ति सबैमठ भरतमा थिए। अब नेपालको गौरब पशुपति पाँचौ मठ भएको पत्र समेत गिरी महाराजले हलिउड खबरलाइ दिनुभएको छ।

भारतको उत्तराखण्डको ज्योतिर्मठबाट सो उच्च स्थान शंकराचार्यपद ग्रहण गर्न सफल हेमानन्द गिरीले यो पंतिकारसंगको कुराकानीमा अर्को एउटा सदिक्षा पनि राख्नु भएको छ। आजीवन रुपमा मानिने यो पदको एउटा ठूलो अभिषेक गर्नुपर्छ र त्यो शुभकार्य नेपालमा गर्न इच्छा छ। शंकराचार्य हेमानन्दलाइ नेपालमा विभिन्न संघसंस्थाहरुले आयोजना गरेको पदग्रहण सम्मान कार्यक्रममा आउँदै हुनुहुन्छ। सो अवसरमा नेपाल सरकारका निकाय बिशेष गरि संस्कृति मन्त्रीसंग भेटघाट हुनेछ।

अब शिवको नाममा एउटा अभिषेक गर्नुपर्छ। त्यसमा ७/८ सयको संख्यामा साधु-सन्तहरुलाइ बस्ने, खाने ब्यबस्था गर्नुपर्छ र त्यो बिशेष प्रकारको हुन्छ। त्यो नेपालमा गर्ने इच्छा छ। यदि नेपाल सरकार र नेपालीहरुले सदिच्छा गरे भने यसबाट नेपालको ठूलो गौरब बढ्छ शंकराचार्यले भन्नुभयो।