-पशुपति मन्दिर

पशुपति मन्दिर क्षेत्रभित्र भेटिएको बम नेपाली सेनाले निस्क्रिय पार्यो 

Hollywood Khabar September 19,2019 Comments

३ असोज, काठमाडौं। पशुपति मन्दिर क्षेत्रभित्र भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। संविधान एवं राष्ट्रिय दिवसका दिन शुक्रबार पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको बेला  बज्रघर अघि बम  भेटिएको थियो ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले करीब दुई घण्टा बम भएको हल्ला चलेपछि नेपाली सेनालाई खबर गरि निस्क्रिय पारेको  जानकारी दिए । बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।