सुर्य प्रसाई/लस एन्जलस
श्री पशुपतिनाथ फाउन्डेसन युएसएकाको बिधन अनुसार हरेक दुइ बर्षमा नयाँ बोर्ड परिवर्तन हुनपर्छ। त्यसैका लागि बोर्ड र बोर्डले निर्माण गर्ने कार्य समितिको संस्थागत संरचनालाई आफु अनुकुल विधान परिवर्तन गर्दै झन्डै ८ वर्ष देखि एक छत्र नेतृत्व दिदै आएका छन् अध्यक्ष भक्त थापा।
फेरि पनि त्यहि संस्थाको नयाँ बोर्ड छनौट समितिको समेत अध्यक्ष थापा नै छन्। जसले समिति बनेको २० सौ दिन बिति सक्दा पनि नया समितिका लागि कम सेकम नाम प्रस्ताव पनि सकेको छैनन। परिवर्तित विधान अनुसार ३३ जना बोर्ड सदस्यबाट २१ जनामा झारिएको भनिएको छ। तर बोर्ड सदस्यको नामावली प्रकासित गरेको छैनन्। एक प्रकारले संस्थाको विधान र प्रक्रियालाई पेन्डुलम बनाइएको छ।
४ वर्ष अघि आवेदन बिना नै नेत्र मैनाली, गोकुल ढकाल लगायतका धेरै व्यक्तिहरुको नाम बोर्डमा छानिएको थियो। यसमा भक्त थापा र ऋषि ढकाल लगायतका संस्थाका पदिय जिम्मेवारीमा बसेका व्यक्तिहरुबाट मनोमानी एबम चरम लापरवाही देखाइयो। त्यसपछि उठेको आम चासो आज पनि तेत्तिकै छ। अबको २१ जनाको बोर्ड गठन प्रक्रियाले त्यहि कथाको पुनरावृति गर्दैछ। फाउन्डेसनको नया बोर्ड गठन गर्न गठन हुने छनौट समिति विवादको घेराबाट उम्किन सकेको छैन।
पहिलाको त्यो विवादमा शम्भु ढुंगाना, कन्हैया कायस्थ लगायतकाले भक्त थापा, ऋषि ढकाल र जित जोशीको ३३ जनाको लिस्ट स्विकार्दा अपजसको भारि आज सम्म बोक्नु पर्यो। आज फेरी छनौट समितिका अन्य सदस्यहरु कन्हैया कायस्थ, तारा गुरुङ, श्याम जोशी र वेद भक्त जोशीलाई नियोजित रुपमा बलिको बोको बनाईदै छ। समुदाय सदस्यलाई नया बोर्ड गठनका लागि छनौट समितिले इमेल मार्फत माग भएको आवेदनसंगै समुदाय सदस्यहरुबाट बढेको चासो व्यक्तिगत हुँदै सामाजिक संजाल र पत्र पत्रिकामा समेत छताछुल्ल हुन पुगेको थियो।
गत साता लस एञजलस स्थित आर्टिसिया सिटिमा स्थानीय संघ-संस्था र समुदाय सदस्य बीच नेपाल अमेरिका पत्रकार संघ-नेजाले आयोजना गरेको दशैं शुभकामना कार्यक्रममा पनि सो बिषयको उठान भयो। कार्यक्रममा फाउन्डेसन बोर्डकै सदस्यद्वय मुकुन्द ढुंगाना र हेम राज भट्टले अहिलेको बोर्ड गठनको प्रक्रियामा सार्वजनिक रुपमा असन्तुस्टी पोखे। त्यसपछि छनौट समितिका अध्यक्ष भक्त थापा, ऋषि ढकाल, जित जोशी, कन्हैया कायस्थ दवावमा परेका थए।
फाउन्डेसनको बोर्ड गठन प्रक्रियासंग असहमति राख्नेहरुले फाउन्डेसनकै आंगन एक भेला आयोजना गर्न गरिएको अनुरोधलाई वेबस्था गरियो। समुदायमा उठेका र पत्र पत्रिकामा प्रकाशित र सामाजिक संजालमा भएका तर्क बितर्कहरु माथि मेरो ध्यानाकर्षण भन्दै भक्त थापाले संस्थाको फेसबुक बाट एक स्टेटमेन्ट गारी गर्नुभोय। तर त्यो स्टेटमेन्टले खासै समुदायको ध्यान तान्न सकेन। उल्टो कुन हैसियतमा त्यो स्टेटमेन्ट जारि भएको र बोर्डकै सदस्यहरुले समेत त्यो स्टेटमेन्ट जारि भएको आफुलाई थाहा नभएको बताए।
संस्थाको आर्थिक पारदर्सिताकोबारे समुदायबाट कुरै नउठेको विषयमा भक्त थापाले आफै त्यो बिषय उठान गरेको भन्ने टिप्पणी पनि सुनिए। चाहे जे होस्, छनौट समिति अध्यक्ष भक्त थापा, सदस्यहरु ऋषि ढकाल र जित जोशीको दबदबा र मनोमालिन्यलाई थेग्न कन्हैया कायस्थलाइ हम्मे हम्मेमा परेको छ।
त्यसो त छनौट समितिबाटै गत हप्ता राजिनामा दिने सम्म मुड बनाएर बसेका थिए कतिपय। अर्का एक सदस्य बेद भक्त जोशी जसलाई नेपाली समाज लस एन्जलसले एउटा अभिभावकको रुपमा सम्मान गर्छ। जोशी तत्काल नेपालमा हुनुहुन्थ्यो। उहाँको अनुपस्थिति भए पनि बहुमतको आधारमा २१ जनाको नाम निकाल्ने प्रयासमा बसेका छनोट समिति अन्तत रोकियो। भक्त थापा, ऋषि ढकाल लगायतकालाई वेद भक्त जोशीको एक कडा इमेल आयो। मेरो अनुपस्थितिमा गरिने कुनै पनि निर्णयको जिम्मेवारी मेरो छैन भन्ने आसयको इमेलले छनौट समितिकालाई नराम्रो झट्का लाग्यो।
वेद भक्त जोशी अमेरिका प्रस्थानमा हुनुहुन्छ। लस एञ्जलसमा आगमनसंगै एउटा झिनो आशा फाउन्डेसनको नया बोर्ड गठनको प्रक्रियाको बाटो खुल्ने विस्वाश गर्न सकिन्छ। तर संसोधित विधान र बोर्ड गठन गर्ने प्रक्रिया तिन हप्ता पेन्डुलम बनेको अवस्था भने याथावत नै रह्यो।
चाहे जे होस् संस्थागत रुपमा फाउन्डेसनका अहिलेका ३३ जना र छनौट समितिमा रहनुहुने ७ जना र हिजो संसोधित विधानलाई पास गर्नुहुनेहरु सबै यस बिषयमा दोषी छन। यसको निराकरण नै दिल खुल्ला गरेर पदमा बसेका सबैले सामुदायिक भेला अबको विकल्प हो।
सबैले मनमा लागेका कुरा संयमित भएर बोल्ने ठाउँ भनेकै फाउन्डेसनको आँगन हो। झन्डै २० हजारको हाराहारीमा नेपालीहरु सो क्षेत्रमा बस्छन। जमरे औसी देखि नवमी सम्मको मन्दिर परिसरमा हुने उपस्थितिलाई दैनिक १० देखि १५ जना हुनपुग्यो। यो प्रश्नको बिषय भएको छ। अब भविश्यमा समेत हुने समुदाय सदस्यहरुको सहभागितालाई कम आंकलन नगर्न सल्लाह दिदै शक्तिमान बन्ने कोशिसमा नलागौ, समुदाय सदस्यहरुको भावनाको सम्मान गरौ फेरी पनि दशैको हार्दिक शुभकामना।
बिषय संग संबन्धित भिडियो हेर्न तलाको लिंक क्लिक गर्नुहोस
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता