-राजपा अध्यक्ष मण्डल

पार्टीको विधान‚केन्द्रीय सदस्यले नै पाएनन्

Hollywood Khabar October 21,2018 Comments

६ कात्तिक काठमाडौं ।राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यहरुले नै पार्टीको विधानबारे अनभिज्ञता प्रकट गरेका छन्।अध्यक्ष मण्डलका शीर्ष नेताहरुबीच आपसी छलफल भई निर्वाचन आयोगमा पठाइएको सो विधान आफूहरुलाई भने उपलब्ध नगराइएको पार्टीका केन्द्रीय सदस्यहरुले बताएका हुन्।

राजपाले आगामी वैशाखमा महाधिवेशन गर्ने घोषणा गरेको छ।पार्टीले कुन संगठनात्मक ढाँचा अनुसार महाधिवेशन गर्न लागेको हो, सो बारे निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने र आयोगको अनुमति आवश्यक हुने भएकाले विधान आयोगमा पठाइएको हो।

पार्टीका नेताहरुका अनुसार, निर्वाचन आयोगले यही साता विधानको अनुमोदित कपी उपलब्ध गराउने भएको छ।