-Bhim Rawal

एमाले अध्यक्ष केपी शर्मा ओलीको तानासाह, निर्णय नमान्ने र पार्टी पनि नफुटाउने

Hollywood Khabar March 29,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको नेपाल समूहले पार्टी अध्यक्षले एकल रुपमा नेताहरुलाई सोधेको स्पष्टीकरण र कारबाही अध्यक्ष केपी शर्मा ओलीको तानासाह लाद्ने दुराशय भएको कुरा बताइएको छ।

नेकपा एमालेको माधब कुमार नेपाल समूहको बैठकपछि ११ जना नेताले संयुक्त विज्ञप्ति निकालेका छन्।अध्यक्ष ओली कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने काममा संलग्न रहेर गतिविधि गरिरहेको विज्ञप्तिमा उल्लेख छ। नेताहरूलाई झुटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने कार्य पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको भेलाको निष्कर्ष भएको बताइएको छ।

माधव कुमार नेपाल र भीम रावललाई भएको कारबाही पार्टीभित्र विचार र सङ्गठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा एमालेलाई विभाजन गर्दै छिन्न-भिन्न गर्ने दुराशयकै परिणाम भएको हो। नेताहरूलाई कारबाही गर्ने अध्यक्ष ओलीको निर्णय नमान्ने र पार्टी पनि नफुटाउने संयुक्त विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा माधव कुमार नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन्।