-कांग्रेस नेता प्रदीप पौडेल

कम्युनिस्टविरुद्ध लड्न गुटको अन्त्य गरि पार्टीलाई बलियो बनाउनु पर्छ- प्रदीप पौडेल

Hollywood Khabar January 17,2020 Comments

४ माघ,रामेछाप।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टविरुद्ध लड्ने हो भने पहिले पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन्।प्रेस युनियन रामेछापले शनिबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले  कांग्रेस आफै गुट उपगुट अन्त्य गरि बलियो बन्न सकेमात्र प्रतिपक्षीको बलियो भूमिका सहित  कम्युनिस्टविरुद्ध लड्न सकिने बताएका हुन्।नेता पौडेलले बर्तमान सरकारले सरकारले बहुमतको डण्डा लगाएर संविधानलाई लत्याउने काम गरेको र भ्रष्टाचारलाई संस्थागत रूपमै सरक्षणगरि ओली सरकार  इतिहासकै भ्रष्ट भएको बताए ।नागरिकको स्वतन्त्रता खोस्ने गरी तयार पारिएको सूचना प्रविधि विधेयक त्यसकै कडी भएको भन्दै नेता पौडेलले  ऐन कार्यान्वयनमा आएपछि व्यक्तिको निजत्व कायम नहुने  बताए ।