-साङ्केतिक तस्बिर

पार्किङमा राखेको गाडी  गुड्दा अर्को गाडीको सहचालकको  मृत्यु 

Hollywood Khabar November 29,2019 Comments

१४मंसिर,काठमाडौं।काठमाडौंमा पार्किङमा राखेको गाडी एक्कासि गुड्दा अर्को गाडीको सहचालकको  मृत्यु भएको छ।काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि शिशा पुच्छ्ने क्रममा पार्किङमा राखेको गाडी गुड्दा अर्को गाडीका एक जनाको मृत्यु भएको हो।

बा.१ प १०१५ नम्बरको गाडीले पार्किङमै रहेको  बा.१ प ७२३ नम्बरको गाडीलाइ ठक्कर दिंदा  गाडीले च्यापेर २५ वर्षीय अभिषेक तामाङको मृत्यु भएको हो ।मृतक तामाङ  बा.१ प १०१५ नम्बरको गाडीका सह-चालक भएको र उनको घर भक्तपुर चाँगुनारायण नगरपालिका-४ रहेको  प्रहरीले जनाएको छ ।