https://www.youtube.com/embed/2hgbq8OZUt4

-पर्वत मालिकाका मुखियाको नातिको कथा सार्वजनिक

नकुल ढकालको मुखियाको नाति सार्वनजिक

Hollywood Khabar January 16,2020 Comments

पर्वतको सानो मालिकलाई नचिन्ने सायद कोही पनि थिएनन्। मुखियाका नातिलाई गाउँ कुना कन्दराले चिन्थे, इज्जत थियो, सबैले सलाम पनि ठोक्थे। कुनै बेला गाउँको हिरा मानिएको मुखियाको नातिको अहिलेको हैसियत फलाम जस्तै हो। आजभोलि मुखियाको नाति गाउँमा देखिँदा साथ गाउँलेहरू जम्मा भएर पिट्नका लागि लौरी बोकेर दौडिन्छन्।हिरा मानिएका सानो मालिक अहिले गाउँका पागल बनेका छन्।

बाउ, आमा, आफन्त, ग्रह दशा, दाउ केही चिन्न नसक्ने बनेको उसले घरको धन त सक्यो नै बाहिर पनि सयकडा ५० दरका ऋण लियो। जुवामा थाप्न केही नभएपछि मुखियाको नातिले श्रीमतीलाई नै जुवाको दाउमा थाप्यो र हार्‍यो। उ आफू पागल बन्यो, उसकै चिन्तामा बाबु-आमाको पनि निधन भयो। बिनागन्तव्य पागल बनेर भौँतारिएको उ एउटा चोकमा घोप्टो परेको र अनुहारमा चोट लागेको अवस्थामा भेटिन्छ। उ बाँचेको छ या मृत हो त्यो कथा भने प्रतीक्षामा छ।

यो कथा कुनै नेपाली चलचित्रको भने होइन। लोकप्रिय गीत सिर्जना गर्न अब्बल मानिएका वसन्त थापाको स्वरमा बजारमा आएको मुखियाको नाति एल्बमको कथा हो। सामाजिक समस्याका रूपमा रहेको जुवाका कारण परिवार र समाज नै कसरी बरबादीमा गइरहेका छन् ? भन्ने सन्देश गीतले बोकेको छ।