https://www.youtube.com/embed/xMmF6gGqe3A

परदेशी गायक खड्काको ‘तिम्रै नामको गीत’ बजारमा (भिडियोसहित)

Hollywood Khabar March 22,2017 Comments

चर्चित लोक दोहोरी गायक सुर्य खड्को सुमधुर स्वरमा सजिएको अर्को मन छुने ‘तिम्रै नामको गीत’ बोलको गीत बजारमा आएको छ । परदेशी गायक भनेर चर्चाको शिखरमा रहेका गायक खड्काको पछिललो समय निकै चर्चित गीतहरु बजारमा आउनेक्रम जारी रहेको छ ।

परदेशको भुमीबाट पनि नेपाली गीत संगितलाई निकै माया गर्ने गायक खड्काको ‘तिम्रै नामको गीत’ मा गायिका बिष्णु माझीले स्वरमा साथ दिएकी छिन्। हेमन्त खत्रीको लय शब्दमा रहेको उक्त म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् । मिलन बिकको सम्पादन र कपिल लामाले निर्देशन गरेको उक्त म्युजिक भिडियो मालती डिजिटल प्रालिले बजारमा ल्याएको हो। केहि समय अघि मात्रै सञ्चालमा आएको बीपी राजमार्गका बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियो युट्युबमा पनि सर्बाधिक रुचाइएको छ । युट्युबमा हालेको ३ दिनमै ६० हजार बढीले गीत हेरिसकेका छन् ।

निकै रमणिय स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा सम्पदा बाँनिया र हेमन्त खत्रीको जोडदार अभिनय देख्न सकिन्छ । गीतमा जुनी जुनी संगै जिउने र आफ्नै प्रमीका साथमा रमाउन पाउन सुमधुर शब्दहरु समेटिएका छन् ।