तस्बिर वेब

पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्बाही गर्न संसदीय समितिको निर्देशन

Hollywood Khabar June 13,2019 Comments

३१ जेठ काठमाडौं।संसदीय समितिले पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न निर्देशन दिएको छ।समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदी पुल निर्माणमा गम्भीर त्रुटी भएको जनाउँदै पप्पुलाई कारवाही गर्न निर्देशन हो।

पुल निर्माण उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरीत गुणस्तरहीन भएकोले कारबाही गर्न सरकारलाई निर्देशन दिनुपरेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो।समितिले पुलको स्थलगत निरीक्षण समेत गरेको थियो।

निरीक्षणमा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै पुलको निर्माण कार्य अघि बढाउनु भनेको तर कम्पनीले त्यसको विपरीत काम गरेको समितिको निचोड छ।निर्देशन समेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुशी गर्ने कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ।

समितिले पुलको पुन डिजाइन नगरी काम अघि नबढाउन सरकारलाई सचेत गराएको छ।बैठकमा समितिका सदस्य जीप छिरिङ लामाले पुलको निर्माण कार्यमा ढिलाई गर्न नहुनेमा जोड दिनु भएको थियो।उहाँले निर्माण कम्पनीले दिनरात काम गरेर भएपनि पुलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्ने स्पष्ट पार्नु भयो।पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो।यसले अन्य आयोजनामा पनि निर्माण थालेर अलपत्र छाड्ने गरेको छ।