-सांकेतिक तस्विर

पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न ७ दिने अल्टिमेटम

Hollywood Khabar May 18,2019 Comments

६जेठ,काठमाडौं।सरकारले पप्पु कन्ट्रक्सनसहित २६ कम्पनीलाई कर तिर्न अल्टिमेटम दिएको छ।मध्यमस्तरीय कर कार्यालयले २६ कम्पनीलाई फोन सम्पर्क, पत्राचार, इमेल गर्दासमेत सम्पर्कमा नआएको भन्दै कर कार्यालयले  ७ दिन भित्र कर तिर्न अल्टिमेट दिएको हो ।बक्यौता कर दाखिला गर्न र दाखिला भएकोर भए प्रमाण पेश गर्न कार्यालयले ७ दिनको समयसीमा तोकेको छ ।

७ दिनभित्र बक्यौता फरफारक नगरे आयकर ऐन, २०५८ को दफा १०४ देखि ११ सम्मको कुनै प्रक्रिया वा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(१) बमोजिम बक्यौता रकम असुल उपर गर्ने कार्यालयले जानकारी दिएको छ ।